Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

महालक्ष्मी विकास बैंकको मुनाफा ७३ करोडमाथि, प्रगति गर्दै अघि बढ्यो बैंक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 21, 2021
48 shares

काठमाडौं । गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै महालक्ष्मी विकास बैंकले प्रगतिपथमा अघि बढेको तथ्याङ्कले देखाएको छ । बैंकको समग्र वित्तीय अवस्थामा प्रगति गर्दै मुनाफा समेत ७१ प्रतिशतले बृद्धि गर्दै ७३ करोड ९२ लाख रुपैयाँ पुर्याउन सफल भएको छ ।

आज प्रकाशिक बैंकको आर्थिक वर्ष २०७७।०७८ को अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षमा ४२ करोड ८५ लाख ६४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले गत आवको असार मसान्तसम्ममा ७३ करोड २९ लाख १६ हजार रुपैयाँ खुद मुनाफा आजर्न गर्न सफल भएको छ । बैंकको सञ्चालन मुनाफा ६७ प्रतिशतले बढेर एक अर्ब दुई करोड ३४ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षमा, बैंकको खुद ब्याज आम्दानी समीक्षा अवधिमा १.५० प्रतिशत बढेको छ भने खुद शुल्क तथा कमीशन आम्दानी १०.१० प्रतिशत र अन्य सञ्चालन आम्दानी १३ करोड रुपैयाँले बृद्धि भएको छ । त्यस्तै बैंकको खुद व्यापारिक आयमा उल्लेख्य रुपमा बृद्धि भएकोछ । अघिल्लो वर्ष जम्मा ४६ लाख रुपैयाँ रहेको यस्तो आय गत आवको असार मसान्तसम्ममा १६ करोड भन्दा माथि छ ।

असार मसान्तसम्ममा बैंकको निष्क्रिय कर्जा २.८ प्रतिशतबाट बढेर ३.३२ प्रतिशत पुगेको छ भने आधार दर ९.९५ बाट घटेर ७.२८ मा आएको छ । त्यस्तै ब्याज स्प्रेड दर ४.३५ बाट ४.५३ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको जगेडा कोष २६.१३ प्रतिशत बढेको छ । बैंकको निक्षेप ४.४१ प्रतिशत र कर्जा २.२७ प्रतिशत बृद्धि भएको तथ्याङ्कले देखाएको छ । खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ९३ पैसा छ । अघिल्लो आवको तुलनामा ७ रुपैयाँले बढेर त्यहाँ पुगेको हो । त्यस्तै, बैंकको पीई रेशियो २०.२९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ७५ पैसा रहेको छ । त्यस्तै तरलता रेसियो २८.५४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved