Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अब ओली खेमा नेकपा एमालेको बाटो कस्तो रहला ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 20, 2021
108 shares

काठमाडौं । नेकपा एमाले होइन, एमाले अध्यक्ष केपी शर्मा ओली अहिले राजनीतिक घेराबन्दीमा परेका छन् । अन्तर पार्टीबाट मात्रै होइन एमालेकै वरिष्ठ नेताहरुबाट ओली घेराबन्दीमा परेका छन् ।

बालुवाटारबाट बालकोट पुगे पनि ओलीमाथिको घेराबन्दी टुंगिएको छैन । यो अवस्था सृजना हुनुमा ओली कति दोषी होलान्, यसको इतिहासमा मुल्यांकन हो । तर, अहिले आफ्नै पार्टीको सरकार ढालेर विपक्षीको सरकार बनाउने एमालेभित्रको प्रवत्ति फेरि दोहोरिएको छ ।

यसअघि एमालेभित्र तत्कालीन माधवकुमर नेपाल नेतृत्वको सरकार ढालेर झलनाथ खनाल प्रधानमन्त्री बनेका थिए । तर, यसपटक जनादेशविपरीत एमालेको सरकार ढालेर कांग्रेसलाई सत्ता सुम्पिने कार्यमा एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल र उनको समूह कम्मर कसेर लागे ।

उनलाई साथ दिनेमा माओवादी केन्द्र पुष्पकमल दाहाल प्रचण्ड रहे । बाँकी दल र नेताहरु आइपरेको लाभको उपभोगमा लागेका छन्, लाग्दैछन् ।

राजनीतिक घेराबन्दीमा परेर सत्ताच्यूत भएका ओली सरकारी निवास बालुवाटारबाट आफ्नो निजी निवास बालकोट सरिसकेका छन् । बालकोट बसेको मंगलबार सातौँ दिन भइसकेको छ ।

सत्ताको राफतापबाट विपक्षी दलको नेताको हैसियतमा रहेका ओली अहिले गर्दैछन् भन्ने आममानिसको चासो छ । ओली प्रतिपक्षमा रहने र बस्ने गरी तयार भइसकेका छन् ।

यता आफ्नै पार्टीको सरकार ढाल्ने र पार्टी विभाजन गराउने कार्यमा लागेका नेताहरुको लिस्ट तयार पारेर आवश्यक कारबाही गर्ने गरी ओलीले तयारी थालेका छन् ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने आफ्ना २२ जना नेताहरुलाई स्पष्टीकरण सोध्ने कार्य ओलीले गरेका छन् ।

उनी अहिले पार्टी एकताका लागि काम गरिरहेका छन् । तर, माधवकुमार नेपाललाई भने अब एमालेमा नफर्काउने एकताको गर्ने गरी ओलीले कदम अगाडि बढाएका छन् ।

नेता नेपालसहित देउवा सरकारलाई विश्वासको मत दिने सबै नेताहरुलाई एमालेमा स्थान नदिने गरी बाँकी नेपाल समूहका नेताहरुलाई फर्काउने ओलीको तयारी छ ।

पार्टी एकतापछि सरकारका काम कारबाहीबारे खबरदारी गर्न आफ्नो पार्टी पंक्तिलाई चुस्तदुरुस्त राख्न ओलीले निर्देशन दिएका छन् ।

बालकोटबाट बालुवाटारको गतिविधिमा ध्यान दिँदै खुमलटार, कोटेश्वरबाट आफूविरुद्ध हुन सक्ने कार्यलाई प्रतिरोध गर्ने गरी ओली तयारीसाथ बसेका उनीनिकट नेताहरु बताउँछन् ।

अहिले देउवा सरकार र नेता नेपाल, प्रचण्डसहित गठबन्धनको गतिविधि नियालिरहेका ओलीले नेता नेपाल, देउवा सरकारविरुद्ध भण्डफोर गर्न भ्रातृ संगठनलाई परिचालन गरेका छन् ।

ओलीनिकट युवा संघ नेपाल र युथ फोर्स देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेश दिने अदालतको फैसलाको भण्डाफोर अभियान थालेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved