Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ओलीले गरेका ‘असंवैधानिक’ नियुक्ति खारेजगर्दै गठबन्धनले साझा कार्यक्रम अनुसार सरकार चलाउने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 20, 2021
603 shares

काठमाडौं : सत्तारुढ गठबन्धनका नेताहरु साझा कार्यक्रम बनाएर अघि बढने भएका छन्। गठबन्धनले अघि सारेका मुद्दाहरुलाई आधार बनाएर साझा कार्यक्रम बनाउने र त्यसलाई प्राथमिकतामा राखेर सरकार संचालन गर्ने तयारी गरेको हो।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डबिच मंगलवार बालुवाटारमा भएको वार्तामा साझा कार्यक्रम बनाउने सहमति भएको हो। प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले साझा कार्यक्रम बनाउने बारेमा छलफल भएको जानकारी दिए।

‘एउटा साझा कार्यक्रम बनाएर अघि बढने भनेर कुराकानी भएको हो,’ उनले भने।

देउवा पनि साझा कार्यक्रम अनुसार सरकार संचालनका लागि सकारात्मक रहेको प्रचण्ड निकट नेताहरुको दाबी छ। प्रचण्डले आफ्नो पार्टीको स्थायी कमिटीको बैठकमा यसअघि नै उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने बारेमा छलफल गरेका थिए। तर, मंगलवारको भेटमा भने उच्चस्तरीय संयन्त्रका बारेमा छलफल नभएको बताइएको छ।

उनले सार्वजनिक रुपमा पनि देउवा नेतृत्वको सरकार गठबन्धनको भावना अनुसार अघि बढने दाबी गर्दै आएका छन्।

साझा कार्यक्रमबाट सरकार संचालन गर्ने विषयमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि सहमत देखिएका छन्। नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालसँगको छलफलमा पनि यस विषयमा नेताहरुबिच सहमति जुटेको हो।

यस्तै, आजको भेटमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन (जेठ ८) पछिका असंवैधानिक नियुक्तिहरु खारेज गर्नेबारेमा पनि छलफल भएको थियो। देउवासँगको छलफल अघि प्रचण्डले एमालेका वरिष्ठ नेता नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबिच भेटवार्ता भएको थियो। उक्त भेटमा प्रतिनिधिसभामा साउन ३ गते प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएकोबारेमा छलफल भएको थियो।

‘सदनमा भएको उपस्थितिका बारेमा पनि राम्रो समीक्षा भएको छ। यी विषयका आधारमा पनि अघि बढने भन्ने भएको छ,’ उनले भने।

गठबन्धनका नेताहरुबिच देउवा नेतृत्वको मन्त्रिपरिषद विस्तारबारे छलफल भएको थियो। नेपाल समूहलाई पनि सरकारमा सहभागी गराउनेबारे छलफल भए पनि तत्काल नेपाल समूहले भने सरकारमा जान नसकिने बताइएको छ।

मंगलवार विहान भएको प्रचण्ड-नेपाल भेटमा पनि नेपाल समूहलाई सरकारमा सहभागी गराउने बारेमा छलफल भएको थियो। तर, नेपालले भने कानुनी र विभिन्न प्राविधिक कारणले तत्काल सरकारमा जान सम्भव नभएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved