
पोखरा । मेयर मानबहादुर जिसीको उपचार खर्चका लागि पोखरा महानगरले १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मस्तिष्कघात भएपछि उनको काठमाडौं स्थित बाँसबारीन्युरो अस्पतालमा उपचार गराइरहेका छन ।
पोखरा महानगरको मंगलबार बसेको ५१औं कार्यपालिका बैठकले मेयर जिसीको उपचारका लागि रकम उपलब्ध गराउने निर्णय गरेको हो । उक्त रकम प्रकोप व्यवस्थापन कोषबाट खर्च गर्ने निर्णय भएको महनगरका प्रवक्ता धनबहादुर नेपालीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
