Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नोबेल अस्पतालले मृगौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 20, 2021
237 shares

विराटनगर । प्रदेश १ कै अन्तराष्ट्रिय स्तरको स्वास्थ्य संस्था बन्ने क्रममा रहेको नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरले मृगौला प्रत्यारोपण गर्न अनुमति पाएको छ ।

प्रदेश नं.१ मै पहिलो पटक नोबेलले मृगौला प्रत्यारोपण सेवा थाल्ने तयारी गरेको हो । स्वास्थ्य सेवा बिभागको अङ्ग प्रत्यारोपण समन्वय समितिको सचिवालयले नोबेललाई मृगौला प्रत्यारोपणका लागि अनुमतिसमेत दिइसकेको छ ।

मृगौला प्रत्यारोपण सम्बन्धि सेवाका लागि नोबेलले अनुमति माग गर्दै २०७६ भदौ महिनामा दरखास्त दिएको थियो । सो विषयमा जाँचबुझपछि साउन १ गतेको निर्णय बमोजिम मृगौला प्रत्यारोपण सेवा सञ्चालनका लागि नोबेललाई अनुमति प्रदान गरिएको अङ्ग प्रत्यारोपण समन्वय समितिको सचिवालयले जनाएको छ ।

नोबेलले अहिले मृगौला प्रत्यारोपण बाहेक मृगौला रोग सम्बन्धि सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ । अब, सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रसँगको समन्वयमा मृगौला प्रत्यारोपण सुरु गरिनेछ ।

मृगौला प्रत्यारोपणका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको नोबेल अस्पतालका मृगौला रोग विशेषज्ञ तथा मृगौला प्रत्यारोपण फिजिसियन डा.शैलेन्द्र श्रेष्ठले बताए । ‘मेनपावर, इन्फास्ट्रक्चर लगायतको व्यवस्थापन भइसकेको छ । अङ्ग प्रत्यारोपण समन्वय समितिले पनि अनुमति दिइसकेकाले अब थप केही उपकरणहरुको व्यवस्थापन पछि सेवा सुरु हुन्छ,’ डा.श्रेष्ठले भने ।

मृगौला प्रत्यारोपणका लागि डा.श्रेष्ठसँगै, यूरोलोजिष्ट तथा मृगौला प्रत्यारोपण शल्य चिकित्सक डा.रामसागर शाह लगायत दक्ष जनशक्तिको टिम नोबेलमा छ । मृगौला प्रत्यारोपण गर्न अप्रेशन कक्ष र विरामी राख्ने बेडको व्यवस्थापन पनि मिलाइसकिएको छ । अब, आवश्यक उपकरणहरु जर्मन र अमेरिकाबाट ल्याएर असोज अन्तिम साताबाट मृगौला प्रत्यारोपण सेवा सुरु गरिने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा बताउँछन् । उनी भन्छन्, ‘सबै सामानहरु अर्डर भइसकेको छ, सामान आएपछि श्रावण चौथो हप्ताबाट पूर्वी नेपालमै पहिलो पटक नोबेलमा मृगौला प्रत्यारोपण गर्न थाल्छौ ।’

नोबेलले अहिले मृगौला प्रत्यारोपण बाहेक मृगौला रोग सम्बन्धि सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ । अब, सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रसँगको समन्वयमा मृगौला प्रत्यारोपण सुरु गरिनेछ ।

मुख्यगरी दुबै मृगौला ‘फेल’ भएका व्यक्तिलाई अर्को व्यक्तिको मृगौला प्रत्यारोपण गरेर ज्यान बचाउने गरिन्छ । यो सेवा अहिले काठमाडौंमा मात्र उपलब्ध छ । नोबेलले मृगौला प्रत्यारोपण सेवा थालेपछि पूर्वी नेपालसहित अन्य क्षेत्रका विरामीलाई पनि धेरै सहज हुँने नोबेलका प्रवन्ध निर्देशक इन्दिरा शर्माको भनाई छ । सर्वसुलभ मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको नोबेलले स्तरीय उपचार सेवा विस्तारमा तीब्रता दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved