Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

१९ करोडको मिटर ब्याजकाण्डमा मुछियो कामना विकास बैंक, चेकसहित अभियुक्त पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 18, 2021
4.7K

काठमाडौं । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले मिटरब्याज धन्द्या चलाउने गणेश उप्रेति नाम गरेका व्यक्तिलाई पक्राउ गरेको छ ।
मेलुङ–१ दोलखा घर भई हाल भैंसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई साढे १९ करोडका चेकसहित शुक्रबार सिआइबीले पक्राउ गरेको हा ।

सीआईबी टोलीले उप्रेतीलाई काठमाडौंको चावहिलस्थित पशुपति कलेज नजिकै रहेको गाडीको रिकण्डिसन शोरुमबाट शुक्रबार राति १० बजे पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । सिआइबीका अनुसार उप्रेती मिटरब्याजमा लगाएर ऋणीलाई ज्यान मार्ने धम्की दिने, बन्धक बनाउने, वैदेशिक रोजगारीमा पठाइदिने भन्दै महङ्गो पैसा असुल्ने लगायतको धन्दामा संग्लन थिए । उनको धन्दामा कामना विकास बैंकले सहयोग गर्दै आएको पाइएको छ । उनको साथबाट कामना विकास बैंकको चेक समेत बरामद भएको छ ।

उप्रेतीले १ करोडको एक दिनको १ लाख रुपैयाँसम्म उठाउने गरी मिटरब्याजको धन्दा चलाउने गरेको सिआइबीको आरोप छ ।
उप्रेतीबाट दुई जनाले गत चैतमा ४ करोड १९ लाख रुपैयाँ लिएका थिए तर ऋणीलाई धम्क्याएर उनले ८ करोड ३० लाखको चेक लिए । उप्रेतीले दोलखा मेलुङ घर भई भक्तपुर (ठिमी) बस्ने ४० वर्षीय प्रकाश कार्कीलाई २ करोड ६५ लाख रुपैयाँ ऋण दिएका थिए । त्यसबापत १ करोडको प्रतिमहिना १५ लाख ब्याज तोकेका थिए । तर, कार्कीलाई उनले राष्ट्र्रिय वाणिज्य बैंकको ४ करोड १६ लाख रुपैयाँको चेक काट्न लगाए ।

यसैगरी रामेछाप गोकुलगंगा घर भई कोटेश्वर बस्ने ६० वर्षका हेमराज गुभाजूलाई उप्रेतीले १ करोड ५४ लाख रुपैयाँ दिएका थिए । ऋण दिँदा महिनाको १ करोडको १५ लाख रुपैयाँ ब्याज तोकिएको थियो तर गुभाजूबाट चेक भने ४ करोड १४ लाखको लिए ।

उप्रेतीले यस प्रकारका ठगी धुप्रै गरेको र अनुसन्धान भइरहेको सीआईबी स्रोतले जनाएको छ । डीआईजी सिंहले उप्रेतीबाट अरू पनि पीडित भएको हुन सक्ने भन्दै उजुरी दिन आह्वान गरेका छन् ।
सिआइबी स्रोतका अनुसार उप्रेतिले कामना विकास बैंकका सिइओ प्रविन बस्नेतसँग मिलेमतोमा सेवाग्राहीलाई ठगी गर्दै आएका थिए । विभिन्न सवारी साधनलाई बैंकसँग सम्पर्क गराउने र कर्जा दिलाउने र त्यहीँबाट कमिशन लिने गरेको स्रोतको दाबी छ । मिलेमतोमा बिचमै लिलामी गरेर मोटो रकम असुल गर्ने उनको धन्दा थियो । दियाे पाेेेेष्टबाट साभार

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved