काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हतारहतार विश्वासको मत लिने भएपछि पोखरा पुगेका नेपाली कांग्रेसका सांसद गगन थापा हेलिकप्टरमार्फत काठमाडौं आए ।
दिवंगत कांग्रेस नेता एवं आफन्त रामजी कुँवरको १३ औं दिनको पुन्यतिथिको काममा सहभागी हुन उनी पोखरा पुगेका थिए ।
तर एक्कासी पार्टी सभापतिसमेत रहेका देउवाले विश्वासको मत लिने भएपछि उनी काठमाडौं आएका हुन्।
तनहुँकाे दमौलीसम्म गाडीमा आएका उनी त्यहाँबाट हेलिकप्टरमार्फत काठमाडौं आइपुगेका छन् ।
