Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मैले नेतृत्व गर्ने समितिमा ६० प्रतिशत युवाको सहभागिता गराउँछु,काँग्रेस नेता – भण्डारी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 18, 2021
1.8K

इटहरी/नेपाली काँग्रेस सुनसरीका वर्तमान जिल्ला सचिव केदार भण्डारीले १४ औँ महाधिवेशनमा जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। पार्टी संस्थापन इतर पक्षका भण्डारीले सभापतिमा निर्वाचित हुने विश्वास सहित कार्यकर्ता माझ भेटघाट तीव्र बनाएका छन्। देशभरमा सबैभन्दा काँग्रेस बलियो सुनसरीमा देखिएकोले काँग्रेसलाई कमजोर हुन नदिने बाचा सहित उनले उम्मेदवारी घोषणा गरेका हुन्।

देशैभरी काँग्रेस कमजोर भएको अवस्थामा सुनसरीले बलियो उपस्थिति जनाएको थियो । काँग्रेसको उर्वरभूमि मानिएको सुनसरी लामो समय कम्युनिस्टको कब्जामा पर्‍यो । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भने ४ निर्वाचन क्षेत्र मध्ये ३ वटा क्षेत्रमा सफलता पायो।
जसले गर्दा अहिलेको नेतृत्व सफल भएको कार्यकर्ताको बुझाई छ। प्रदेश १ संसदीय दलका नेता राजीव कोइराला दुई पटक जिल्ला सभापति भइसकेका छन् । बिधानत जिल्ला सभापति उठ्न नपाउने भएपछि उनी प्रदेश १ को अध्यक्ष हुने तयारीमा लागेका छन्। जिल्ला सचिव भण्डारी सभापतिका बलिया दाबेदार हुन् ।

कोइरालाकै कार्यसमितिमा दुई कार्यकाल सचिव भएको भण्डारी भने यस पटक नेतृत्व लिने दाउमा छन् । काँग्रेसको गढ बचाई राख्ने सङ्कल्पका साथ उनले नेतृत्व दाबी गरेका छन् । आफू कार्यसमितिमा भएकै समयमा काँग्रेसले सफलता पाएको भन्दै उनले जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन्।

कपुरी न्युजसँग कुरा गर्दै उनले आफू नेतृत्वको लागी सम्पूर्ण हिसाबमा तयार भएकोले विकल्पबारे सोच्न नसक्ने बताए। दुई कार्यकाल सचिव भएर सुनसरीका सम्पूर्ण कार्यकर्ताको भावना बुझिसकेकाले अब काम गर्ने गरी नेतृत्व लिन चाहेको उनको भनाई छ।

“जिल्ला सभापति हुनेमा म ढुक्क छु। सकेसम्म सहमतिकै प्रयास भइरहेको छ। निर्वाचन भयो भने पनि म तयारै छु। सुनसरीमा काँग्रेसको जुन गढ बनेको छ यसलाई जगाइराख्ने मेरो मुख्य जिम्मेवारी हो । म काँग्रेसलाई कमजोर हुन दिन्न,” उनले भने ।

यस बिचमा भातृ संस्था देखी सुवेच्छुक संस्थामा पनि समस्या देखिएको स्मरण गराउँदै उनले आफू निरन्तरको छलफल र वार्ताबाट सबैलाई चित्त बुझाएर पार्टीमा ठाउँ दिने पक्षमा रहेको बताए । मुख्यतः युवा जमातलाई मुलधारको राजनीतिमा ल्याउने र उचित जिम्मेवारीका साथ नेतृत्वमा पुर्‍याउने लक्ष्य रहेको भण्डारीले सुनाए ।

“मैले नेतृत्व गर्ने समितिमा ६० प्रतिशत युवाको सहभागिता गराउँछु । अग्रजलाई उचित सम्मान दिने र नयाँलाई अवसर दिने मेरो योजना छ,” उनले भने। सुनसरीमा पछिल्लो दुई दशक इनरुवाले मात्र नेतृत्व गरेको आरोप लाग्दै आएको छ । १४ औँ महाधिवेशनमा पनि संस्थापन पक्षका उम्मेदवार सञ्जय श्रेष्ठ र संस्थापन इतरका भण्डारी दुवै इनरुवाका हुन् । यही प्रश्नमा भण्डारी यो पार्टी भाँड्ने खेल भएको तर्क गर्छन्।

सुनसरीको संस्थापक सभापति हरिनाथ बास्तोला देखी विभिन्न नेतृत्वहरू इनरुवा बाहिरबाट आउनुभएको उनले बताए। भूगोलको हिसाबमा अहिलेसम्म कुनै पनि मतभिन्नता नभएको र आगामी दिनमा पनि नहुने उनले प्रस्ट पारे।

२०४३ सालमा नेबिसंघबाट राजनीति सुरु गरेका भण्डारी २०५४ सालमा कानुन व्यवसायीहरूको संस्था नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष भए। त्यसै गरी २०५६ सालमा प्रजातान्त्रिक कानुन व्यवसायी सङ्घको केन्द्रीय अध्यक्ष हुँदै नेपाली काँग्रेसको १२ औँ र १३ औँ महाधिवेशनमा जिल्ला सचिव निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved