
खोटाङको हलेसी तुवाचुङ नगरपालिका –६ मंगलटारले टोल टोलमा कुटानी पिसानीका मिल प्रदान गरेको छ । ढिकी जाँतोमा अन्न पिस्दै आएका वडाका नागरिकलाई टोल टोलमा विद्युतिय मिल वितरण कार्याक्र अन्तरगत ४ लाख १० हजारको कुटानी पिसानीका मिल प्रदान गरेको हो ।
वडाले वडाको तल्लो भदौरे र माथ्लो भदौरेमा १/१ थान, वस्नेत टोल, नेपाली टोल, डाँडावारी टोल, घुर्चु टोल र देवीटार टोलमा १/१ थान गरि आठ थान मिल प्रदान गरिएको वडा अध्यक्ष रमेश कुमार राउतले बताउनु भयो । टोल टोलमा विद्युतिय मिल वितरण कार्याक्र अन्तरगत अघिल्लो वर्ष टोललाई तिन थान कुटानी पिसानी मिल प्रदान गरिएको वडा अध्यक्ष राउतले बताउनु भयो ।
उहाले भन्नु भयो हाम्रो जहिल्यै पनि पहिले प्रथामिकतामा वडाको पछाडिएको टोल बस्तीमा हुने छ र त्यसरी नै कुटानी पिसानी मिल प्रदान गरेको छौं । यो वर्ष सबै टोल टोलमा कुटानी पीसानी मिल प्रदान गर्ने उहाको भनाई छ ।
