Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

माओबादीको भागमा ६ मन्त्रालय मात्र,पम्फा र जनार्दनपछी बाँकी ४ जना को को ??

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 17, 2021
18.1K

काठमाडौं । सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ । बाँकी रहेको २० वटा मन्त्रालयमा आपसी समझदारी कायम गरेर अगाडि बढ्ने समझदारी भएको हो । कानुनीरूपमा २५ जनालाई मन्त्री बनाउन मिल्ने भएका कारण नेपाली कांग्रेसबाट ६, माओवादी केन्द्रबाट ६, जनता समाजवादीबाट ६ जना मन्त्री बनाउने विषयमा शीर्ष नेताहरूबीच मोटामोटी सहमति जुटेको बताइएको छ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह सरकारमा सहभागी हुने अवस्थामा बढी नै मन्त्रालय दिनुपर्ने समझदारी पनि गठबन्धनबीच भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ नेता नेपाललाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ । जवाफमा नेता नेपालले सरकारमा सहभागी हुन कानुनी जटिलता रहेकाले केही समय लाग्ने बताउँदै आउनुभएको छ । गठबन्धनमा नेपाल समूहलाई आठ वटासम्म मन्त्रालय दिने विषयमा नेताहरूबीच सहमति भएको बताइएको छ ।

प्रधानमन्त्री देउवाले कांग्रेस र माओवादी केन्द्रबाट दुई/दुई गरी चार जनालाई मन्त्री नियुक्ति गरिसक्नुभएको छ । पार्टीको आधिकारिकताको विवाद निर्वाचन आयोगमा रहेकाले जसपा उपेन्द्र यादव नेतृत्वको समूह उक्त विवाद हल भएपछि मात्र सरकारमा सहभागी हुनेभएको छ ।

देउवा नेतृत्वको सरकारमा जसपाले सात मन्त्रालय माग गरे पनि छवटामा सहमति भएको बताइएको छ । जसपाका नेता गंगा श्रेष्ठ गठबन्धनलाई एकताबद्ध बनाएर लैजाने विषय ठूलो भएकाले मन्त्रालय भागबण्डा ठूलो विषय नभएको बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘शीर्ष तहमा एक खालको समझदारी भइसकेको छ, निर्वाचन आयोगमा रहेको विवाद हल भएपछि हाम्रो पार्टी सरकारमा सहभागी हुन्छ ।’

प्रधानमन्त्री देउवाले विश्वासको मत लिनका लागि निर्णायक एमालेका नेपाल समूह हो । नेपाल समूहले विश्वासको मत नदिएको अवस्थामा संसद् विघटन गरेर पुनः निर्वाचनमा जाने अवस्था सृजना हुनेछ ।

प्रधानमन्त्री देउवाले विश्वासको मतको लागि भए पनि माओबादी केन्द्रलाई महत्वपुर्ण मन्त्रालयसहित ६ मन्त्रालय दिने भएको छ। माओवादी केन्द्रले यस अघि नै दुई मन्त्रालय पाएको छ। देउवाले यस अघि नै अर्थ र उर्जा मन्त्रालय दिएको छ।

माओबादी केन्द्रवाट पम्फा भुसाल उर्जामन्त्री र जनार्दन शर्मा अर्थमन्त्री बनिसकेका छन्। अब बाँकी ४ मन्त्रालय दिने भएको छ।

देव गुरुङ, देवेन्द्र पाैडेल, सुदन किराँतीलगायत नेताहरु मन्त्री बन्ने चर्चा छ।

देउवाले माधव नेपाल समूहलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । नेता नेपालको निवासमा पुगेरै प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुनको लागि आग्रह गरेको स्रोतको दाबी छ ।

नेता नेपालले अहिले सरकारमा सहभागी हुने वा नहुने भन्ने कुरा केही दिनपछि मात्रै भन्न सकिने जवाफ दिएका थिए । आफूहरु एमाले एकताको लागि प्रयासरत रहेकोले तत्काल सरकारमा सहभागी हुने कुरा सम्भव नभएको नेता नेपालको भनाई थियो ।

माधव नेपाल पक्षधर सांसदहरुकै कारण देउवा प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्री देउवाले तत्कालै विश्वासको मत लिने तयारीका साथ नेता नेपाललाई सरकारमा पनि आउन आग्रह गरेका हुन् । नेता नेपालले विश्वासको मत भने दिने वचन दिएका छन् ।

नेपाल पक्षधर २३ जना सांसदहरुले देउवालाई प्रधानमन्त्री बनाउनको लागि सर्वोच्चको रिट निवेदनमा हस्ताक्षर गरेका थिए । स्रोतका अनुसार नेता नेपाल पक्षले आफूलाई विश्वासको मत दिए देउवाले सम्मानजनक रुपमा उक्त पक्षलाई सरकारमा सहभागी गराउने तयारी थालेका छन् । देउवानिकट उच्च स्रोतका अनुसार नेपाल पक्षलाई ८ वटा मन्त्रालय दिनेसम्मको तयारी छ ।

नेपाल समूहवाट योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, घनश्याम भुसाल, भीम रावल, रामकुमारी झाँक्रीलगायत नेताहरु मन्त्री बन्ने पक्का छ। नेपाल समूह सरकारमा सामेल हुन सक्ने एक नेताले जानकारी दिए। एमालेमा कुनै ठाउँ नभएको भन्दै केपी शर्मा ओलीले माधव नेपाललाई एमालेमा स्वीकार गर्न नसक्ने भनेपछि नेपाल समूह अहिले सरकारमा सामेल हुने सङ्केत दिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved