Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चुरे बन संरक्षणकाे मागगर्दै सिराहाकाे सडकमा उत्रियाे युवाहरु,बन कार्यालयकाे मनलाग्दि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 17, 2021
5.7K

मेवालाल यादव। सिराहा
सिराहा जिल्लाको डिभिजन वन कार्यालय अगाडि भ्रष्ट डेफोलाइ कार्वाही गर , मारुती सिमेन्टको जग्गा खाली गर को नाराले चुरे तथा वन जङ्गल सर्क्षन अभियान्ता ग्रुपले बिरोध प्रदर्शन गरेका छन् ।शान्ति पुर्ण बिरोध प्रदर्सन गरेको हो। प्रदर्शनकारिहरुको प्रदर्शन गर्दै क्रममा वन अधिकृत सुभाष चन्द्र दासको इसारामा वन पाले र प्रहरीले निर्घात कुटपिट गरेको हो। निर्घात कुटपिट गरि दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पार्नेमा गोल बजार नगरपालिका -९ को सुरेश कुमार महतो, र सोही नगरपालिका -९ को गुडडु महतो रहेको छ ।त्यस माथी सार्वजनिक मुद्दा को प्रतिक्रिया अगाडि बर्दै क्रममा अभियन्ता ग्रुपले गोलबजार नगरपालिका को गोबिन्दपुर जाने बाटो र मारुती सिमेन्टको नजिकमा प्रदर्शन कारिहरुले बीच बाटो मै टायर बालेर चक्का जाम गरेका छन् ।

चुरे अभियायन्तालाई रिहा गर भ्रष्ट डेफोलाई कार्वाही गरको नाराले १ घन्टा टायरमा आगो लगायर बिरोध प्रदर्सन गरेको हो।अभियानिलाइ रिहा नगरे सम्म हामीले चुम लागेर बस्दैन लक्ष्मण यादवले भने ।प्रदेश २ उधोग, पर्यटन , वन तथा वातावरण मन्त्रालयबाट वन डिभिजन कार्यालय लहान ( सिरहा ) शाखाको फलफूल बिरुवा खरिद बिक्री सम्बन्धि व्यापक रुपमा अनिमिता भएको छ ।

प्रत्येक जिल्ला तथा वन कार्यालयका प्रमुख सहित नर्सरीका संचालकहरु मिलिजुली रुपमा नेपाली जनताको हित विपरीत नेपालको मापदण्ड विपरीत योजनाहरुको वन डिभिजन कार्यालय सिरहाको कार्यालय प्रमुख सुभाष चन्द्र दासले यहिबेला गरेको चुरे वन जङ्गल तथा संरक्षण अभियान्ता ग्रुपका आरोप छ।चुरे वन जङ्गल तथा संरक्षण अभियान्ताले फिल्डमा गएर सत्य तथ्य पता लगाइ बिरुवा वितरण कार्यक्रमको विडियो मार्फत जनतामा सार्वजनिक गरेको हो।प्रदेश -२ को पुर्वी सिरहा जिल्लाको वन डिभिजन कार्यालयका सुभाष चन्द्र दासले फलफूलको बिरुवा बिक्री वितरणमा व्यापक रूपमा भ्रष्टाचार गरेको चुरे वन जङ्गल तथा संरक्षण अभियान्ता ग्रुपले आरोप लगाएको छ।

सिरहा वन डिभिजन कार्यालयको प्रमुख अधिकृत सुभाष चन्द्र दासले आँप र लिचको बिरुवा खरिद बिक्रीमा आफ्नो लालचको कारणल्रे तीस हजार बिरुवा मध्ये १५ सय आँप र लिचिको मरेको बिरुवा दासले वितरण गरेको हो।वन डिभिजन कार्यालयको प्रमुख अधिकृत सुभाष चन्द्र दासले कमिसनको लोभमा सोही जिल्लाको जिरो माइल स्थित रहेको विमल नर्सरीको संचालक सुरेन्द्र महतो सँग सम्झौता गरेको छ ।

प्रदेश २ को चुरे वन जङ्गल तथा संरक्षण अभियान्ता ग्रुपको अनुगमन टोलिले सिरहा वन डिभिजन कार्यालय गए पछी त्यहाको निमित्त कार्यालय प्रमुख गंगा यादवले मरेको आँप र लिचीको बिरुवा बाडिरहेको थियो ।त्यो वितरण गरेको बिरुवा ८० प्रतिशत लाग्दैन चुरे वन जङ्गल तथा संरक्षण अभियान्ता ग्रुपले दावी गरेको हो।

सुभाष चन्द्र दासले आफ्नो स्वार्थका कारण दुई बर्षे बिरुवाको सम्झौता गरेको थियो तर बिमल नर्सरीका संचालक सुरेन्द्र महतोले कमिशन दिन्छु भनेर मेरो पाँच महिने बिरुवा बुझ लिनु भनेर दासले कमिसनको चलखेलमा मरेको आँप र लिची को बिरुवा बुझेका छन् ।भर्खर मदर बाट कटिङग गरेको बिरुवा दासले वितरण गरेका छन् ।

दुई बर्षे बिरुवाको नाममा मदर बाट काटिङ्ग गरेको बिरुवा वन डिभिजन कार्यालय सिरहाको डेफो सुभाष चन्द्र दासले वितरण गरेका छन् ।त्यो काटिङ्ग गरेको आँप र लिचिको बिरुवामा सब भन्दा बढी मरेका बिरुवा रहेको थियो ।आमाको गर्भबाट जन्मेको बच्चा जस्तै मदर बाट काटिङ्ग गरेको बिरुवा हो।जन्म देखी १५ दिन सम्मको बिरुवा दासले वितरण गरेको छ ।

वन डिभिजन कार्यालय सिरहाको कार्यालय प्रमुख सुभाष चन्द्र दासले ३० प्रतिशतको दरले आँप र लिचीको बिरुवामा कमिसन खाएको हो। वन डिभिजन कार्यालय सिरहा जिल्लाको प्राबिधिक दिवेन्द्र पासवानले १० लाखको बासको योजना हावातालमा कार्यालय प्रमुख सुभाष चन्द्र दास र दिवेन्द्र पासवान मालामाल भएको छ ।।साझदारी वन कार्यालयको अध्यक्षको भनाइ अनुसार दिवेन्द्र पासवानले नर्सरीको संचालक संग मिलेर बासको बिरुवामा ५०./. भ्रष्टाचार गरेको हो।पासवानले जुन वासको बिरुवा लगाउनु भएको छ डडेलधुरा जङ्गलमा त्यो बास को बिरुवा २००० मात्र मिक्स लगाएको छ ।

पासवानले ४००० हजार बासको बिरुवामा १००० हजार बिउको र १००० हजार काटिङ्गको बिरुवा बृक्षारोपन मात्र गरेको साझदारी वनको अध्यक्षले बताउनु भएको छ ।लेखापालले कतिको कमिसन लिएर अधुरो कामको चेक धमाधम बनाइएको हो। लेखापाल संगसोध्दा बिना कामको चेक कसरी बन्यो उनले कुनै जवाफ दिएन।लेखापालले भने जे गर्नु छ बने गर्नु म प्रमाण दिदैन चुरे तथा वन जङ्गल अभियानता संगठनका संयोजक सुनिल कुमार यादवले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved