Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ललिता जग्गा प्रकारणमा गच्छाधरकाे बयान,प्रधान मन्त्रि नेपालकै याेजनामा सबैकाम भएकाे खुलासा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 17, 2021
6.6K

काठमाडौँ । बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा घोटालाको बहुचर्चित काण्ड फेरि बल्झिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास काण्डमा तत्कालीन भौतिक तथा निर्माण मन्त्री विजयकुमार गच्छदारलाई मुख्य आरोपी करार गरेर उनीसहित १ सय ५७ जना विरुद्ध विशेष अदालतमा एक वर्षअघि नै मुद्दा दायर गरेको थियो । तर, गच्छदार बयान दिन गएका थिएनन्।

अदालतको परमादेशबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा सपथ खाएकै भोलिपल्ट ३० असारमा गच्छदार विशेष अदालतमा उपस्थित भएका थिए । गच्छदार यसअघि अदातलतको फरार अभियुक्तको सूचीमा थिए ।

गच्छदारको बयानपछि बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिनामा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालमाथि पुनः अनुसन्धान गर्ने आधार बनेको छ । नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त नविन घिमिरेलाई आफू माथि मुद्दा नचलाउन चेतावनी दिएका थिए ।

अदालतको थुनछेक बहसमा बयान दिँदै गच्छदारले तत्कालीन प्रधानमन्त्री नेपालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयको पत्रको आधारमा भौतिक तथा निर्माण मन्त्रालयबाट प्रशासनिक तवरबाट तहतह हुँदै उठेको टिप्पणी मन्त्रिपरिषदमा पेश गर्ने प्रयोजनका लागि हस्ताक्षर गरेको बताएका हुन् ।

अख्तियारले नेपाल विरुद्ध मुद्दा दायर नगरेकाले विशेष अदालत आफैँले नेपाल विरुद्ध बयान लिन सक्दैन । तर, गच्छदारको बयानका आधारमा आफ्नो फैसलामा नेपालमाथि थप अनुसन्धान गर्न आदेश दिने बाटो खुल्न सक्छ ।

गच्छदारले बयानमा भनेका छन्, ‘‘…२०६५/२०६६ मा तयार भएको गुरुयोजना कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशनअनुसार मन्त्रिपरिषद्मा प्रस्ताव पठाउँदा गरेको हस्ताक्षर मेरो हो । विशिष्ट व्यक्तिहरुको निवास विस्तार गर्न तयार भएको गुरुयोजना लागू गर्न मेरो सचिवले तयार गरी म समक्ष पेश गरेको प्रस्ताव मन्त्रिपरिषद्मा लैजान मैले स्वीकृति दिएको हुँ ।’’

गच्छदारले जग्गा हिनामिनामा तत्कालीन प्रधानमन्त्रीको स्वार्थ जोडिएको प्रमाणित गर्न स्पष्ट पार्दै आफ्नो बयानमा थप भनेका छन्, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयको पत्रको आधारमा भौतिक तथा निर्माण मन्त्रालयबाट प्रशासनिक तवरबाट तहतह हुँदै उठेको टिप्पणी मन्त्रिपरिषदमा पेश गर्ने प्रयोजनका लागि हस्ताक्षर गरेको हुँ । सो काम गर्दा कुनै प्रकारको बदनियत नराखेको र भ्रष्टाचारजन्य कार्य गरेको छैन ।’

गच्छदारको बयानका यी बुँदाबाट ललितानिवास जग्गा हिनामिनामा उनले आफ्नो संलग्नता नरहेको र ती सबै काम प्रधानमन्त्री नेपालको निर्देशनमा भएको प्रमाणित गर्ने प्रयास गरेका छन् ।

कांग्रेस उपसभापति समेत रहेका नेता गच्छदारको बयानपछि अदालतले उनलाई १० लाख रुपैयाँ धरौटी लिएर तारिखमा रिहा गरेको छ । भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा गच्छदार विरुद्ध ९ करोड ६५ लाख विगो दावी सहित भ्रष्टाचार मुद्धा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved