Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

‘मन्त्रीज्यूलाई चुनाव खर्च’ भन्दै प्रेस सल्लाहकारको आतंक : प्रति कलेज १५ लाख असुली

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 16, 2021
156 shares

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी ओली सरकारका सबैभन्दा ‘बफादार’ मन्त्री कृष्ण गोपाल श्रेष्ठले कलेजहरुबाट घुस खाएको आरोप लागेको छ ।

निवर्तमान शिक्षामन्त्री श्रेष्ठले मन्त्रीबाट विदा हुनु अघिल्लो दिन नै ९ वटा कलेजबाट प्रति कलेज १५ लाख रुपैयाँका दरले शुल्क उठाएको स्रोतले जनाएको छ ।

विदेशी सम्बन्धनमा खुलेका कलेजहरूको स्विचिङ (ठाउँ, नाम र विश्वविद्यालय परिवर्तन) मा श्रेष्ठले आर्थिक चलखेलका आधारमा सहमति दिएको पाइएको हो ।

श्रेष्ठले पैसा उठाउने जिम्मा भने उनकै सचिवालयमा कार्यरत प्रेस सल्लाहाकार ईश्वरराज ढकाललाई दिएको स्रोतले जनाएको छ । ढकालले नै प्रति कलेज १५ लाख रुपैयाँका दरले शुल्क असुली गरेको स्रोतले जनाएको छ । विहिबार प्रकाशित कान्तिपुर दैनिकले शिक्षामन्त्री श्रेष्ठले ९ वटा कलेजबाट आर्थिक लाभ लिएको समाचार सार्वजनिक गरेको थियो ।

मापदण्ड नै नपुगेका ती कलेजहरुलाई ढकालको नेतृत्व लाखौँ असुलेर स्विचिङ गरिएको पाइएको हो ।

प्रधानमन्त्री केपी ओलीलाई सर्वोच्च अदालतले अपदस्त गरेको भोलीपल्टै शिक्षामन्त्री श्रेष्ठले जाँदाजाँदै असुली गरेरै बाहिरिएका हुन् । शिक्षामन्त्री श्रेष्ठले केपी ओलीलाई ‘कुन माइकालालले हटाउँछ ? केपी ओली पेले हो’ भन्ने अभिव्यक्ति दिएका थिए । तर, सर्वोच्च अदालतले ओलीलाई असंवैधानिक प्रधानमन्त्री भन्दै पदबाटै अपदस्त गर्ने फैसला गरिदिएपछि श्रेष्ठले परमादेश दिएकै भोलीपल्ट मन्त्री पदको दुरुपयोग गर्दै भ्रष्टाचार गरेको शिक्षामन्त्रालय स्रोतले जनाएको छ ।

ती कलेजहरुले चार वर्षअघि नै स्विचिङका लागि आवेदन दिएका थिए । तर, मापदण्ड नपुगेको भन्दै रोकिएको थियो । तर, लकडाउनमा कलेज नै बन्द रहेको बेला शिक्षामन्त्री श्रेष्ठ र उनका सचिवालयमा कार्यरत ढकालले पैसा उठाउने सुनियोजित योजनामा अनुगमन गराएका थिए । अनुगमनपछि पैसा अससुलेर स्विचिङको अनुमति दिइएको स्रोतले जनायो । विश्व विद्यालयलाई बुझाउनुपर्ने कर समेत छलेर उनीहरुलाई सम्बन्धन दिएको पाइएको छ ।

स्विचिङका लागि शिक्षामन्त्रालयमा १५ वटा कलेजले आवेदन दिएका थिए । शिक्षामन्त्री श्रेष्ठले घुस बुझाउने ९ वटा कलेजलाई मात्रै सम्बन्धन दिएका हुन् । मापदण्ड नै नपुगेका ती कलेजहरुको नाम, विश्व विद्यालयको सम्बन्धन र स्थान परिवर्तन भएको छ ।

ढकालले उच्च शिक्षा महासाखाका उपसचिव लक्ष्मी बहादुर खड्काको मिलेमतोमा फिरौती शैलीमा रकम उठाएको एक कलेज सञ्चालकले बताए । ढकालले ‘मन्त्रीलाई चुनाव खर्च’ भन्दै प्रति कलेज १५ लाख भन्दा बढी असुली गरिएको एक कलेज सञ्चालकले बताए ।

मन्त्रालयको सेटिङमा फिस्टेल माउन्टेल कलेज पोखरा, आईएसएमटी कलेज काठमाडौं÷विराटनगर, एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी ललितपुर र एनटीपी कलेज पोखराले विश्वविद्यालय र स्थान परिवर्तन गरेका छन् । यी कलेजहरूले मापदण्ड नपुगेका कारण यसअघि स्विचिङको अनुमति पाएका थिएनन्  । पहिले अनुमति पाएको विदेशी विश्वविद्यालयसँग सम्बन्ध बिग्रेपछि तिनलाई तिर्नुपर्ने लाखौं कर छल्न अधिकांश कलेजले विश्वविद्यालय फेर्ने गरेका छन् ।

मापदण्ड परिवर्तनमा ढकालकै असुली आतंक !


गत चैत्रमा पूर्वशिक्षामन्त्री श्रेष्ठले नीजि शैक्षिक माफियालाई फाइदा पुग्ने गरि मापदण्ड परिवर्तन गरिदिएका थिए । देशभर सञ्चालनमा रहेका ८३ वटा निजि कलेजलाई फाइदा पुग्नेगरि तत्कालिन मन्त्रिपरिषद्ले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका २०५९ को अनुसूची परिवर्तन गरेको थियो ।

मापदण्ड खुकुलो बनाउन भन्दै शिक्षामन्त्री श्रेष्ठका प्रेस सहयोगी ढकालले असुली आतंक नै मच्चाएका थिए । अनुसुची मापदण्ड खुकुलो बनाउनका लागि ढकालले कलेज सञ्चालकसँग १ लाखदेखि ५ लाख रुपैयाँसम्म असुलेको खबर सार्वजनिक भएको थियो । दियाे पाेष्टबाट साभार

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved