
पश्चिम नवलपरासीको सबैभन्दा पुरानो जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पताल परासीमा लापरवाहीको सिमा नाघेको छ।
अस्पतालमा स्वास्थ्यकर्मीकाे चरम लापरवाहीकाे कारणले दिनप्रतिदिन विभिन्न घट्ना घटेकाे सुन्ना पाइएको छ । कहिले अाैषधि काण्ड त कहिले उपचार गर्दा भएको बिभन्न लापरबाहीले विभिन्न घट्ना घटि रहेको छ ।
अाज पुनः स्वास्थ्यकर्मीकाे लापरबाहीले घटेको घट्ना चर्चामा अाएकाे छ । सुनवल नगरपालिका वडा नम्बर ९ कि तिन बर्षिय बालिका प्रिया कहारले खुट्टामा चाेट लागेर पृथ्वीचन्द्र अस्पतालमा उपचार गराउन जादा स्वास्थ्यकर्मीले कुकुरले टाेक्दा लगाइने खाेप लगाइदिएकाे बालिकाको अाफन्तले बताएका छन।
बालिकाको अाफन्तले स्वास्थ्यकर्मीले चरम लापरबाही गरी छाेरीकाे स्वास्थ्यमाथि खेलवाड गरेको अाराेप लगाएका छन ।
अस्पतालमा कार्यरत स्वास्थ्य सहायक नितिशा काेइरालाले रेबिज विरुद्धको खाेप लगाइरहेका बेला बालिकाकि अामाले बालिकालाई खाेपकाे लाइनमा लैजादा भुलबश रेबिजकाे खाेप लगाइएको अस्पतालले जनाएको छ ।
यसरी अस्पतालका जिम्मेवार हेल्थ असिस्टेन्टले लापबाही गर्दा र रेबिज बाहेक अरू कुनै खोप लगाएको भए बालिकाको ज्यान पनि जान सक्ने बिरामीका अफन्तले बताए ।
यसबारे अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर मोहम्मद नुरुल होदाले पुर्जि नहेरी भुलबस रेबिजकाे खाेप लगाइएको बताएका छन ।
