Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

संस्थागत निर्णय भन्दा बाहिर नजाने एमाले बिवाद समाधान कार्यदलको निर्णय

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 15, 2021
141 shares

काठमाडौं। नेकपा एमालेको बिवाद समाधानका लागि गठित कार्यदलले पार्टीको संस्थागत निर्णय भन्दा बाहिर नजाने अडान सार्वजनिक लिएको छ । कार्यदलमा रहनुभएका दुवैतर्फका नेताहरुले पार्टी एकजुट भएर नै सर्वाेच्च अदालतको फैसलाको सामना गर्न सकने भन्दै यस्तो निश्कर्ष निकालेको हो ।

एमाले बरिष्ठ नेता माधवकुमार नेपालको कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि एमालेभित्र कार्यदलको औचित्य सकिएको भन्दै बहश अघि बढिरहेको दुवै तर्फका कार्यदल सदस्यहरु एकजुट बनेका हुन । कार्यदलमा रहेका नेताहरुका अनुसार आज दुवै तर्फका कार्यदल सदस्यहरुको बैठक बसेको र एउटै निश्कर्ष निकालिएको छ । एमालेमा बिवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङको संयोजकत्वमा बिष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र बिष्णु रिमाल सदस्य हुनुहुन्छ भने नेपाल समुहको तर्फबाट उपाध्यक्ष भीम रावलको संयोजकत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र रघुजी पन्त सदस्य हुनुहुन्छ ।

आज दुवै पक्षको बैठक बसेर पार्टी बिवाद मिलाउनका लागि संस्थागत निर्णयका आधारमा अघि बढनुपर्ने निचोड निकालेको हो । कार्यदलले थप बातावरण निर्माणका लागि शुक्रवार बैठक बस्ने जनाउँदै शुक्रवारका लागि तय गरिएको संसदीय दलको बैठक सार्न पार्टी नेतृत्वलाई सुझाव दिएका छ । बरिष्ठ नेता नेपालसहितका केही अराजक नेताहरु दलको बैठकमा नजाने, देउवातिरै लागेर जीवनकै अन्तिम पटक मन्त्री पद पडकाएर राजनीतिबाट सन्यास लिने योजनामा रहेपनि कार्यदल सदस्यहरुले अव दल भन्दा बाहिर गएर काम गर्न संभव नहुने निश्कर्ष सुनाउनु भएको छ ।

संसदीय दलका नेता ओलीले दलको बैठक बोलाएलगत्तै नेता नेपालले आफूहरु नजाने बताउनु भएपनि कार्यदलका सदस्यहरुले ‘संस्थागत निर्णय जे हुन्छ, त्यही मानेर जानुको बिकल्प छैन’ भन्दै माधवलाई बुढानिलकण्ठ मोह त्याग्न चेतावनी दिनुभएको एक नेताले जनताटाइम्सलाई बताए । ‘यो समुह तपाईंको सवै कुण्ठा पूरा गरिदिने माध्यम होइन, हामी सवै पार्टी, देश र जनताका लागि संघर्ष गरिरहेका छौं, अव पनि बुढानिलकण्ठ मोहमा फसेर बैठकमा जाँदै जान्न, जानै हुन्न भन्नुहुन्छ भने तपाईको साथमा कोही हुन्न,’ माधवलाई दिइएको चेतावनी उधृत गर्दै कार्यदलका एक सदस्यले भने ।

ती नेताका अनुसार कार्यदलमा रहेका सवै सदस्यले अव बस्ने दलको बैठकमा एमालेका सवै सांसद जानुपर्ने भन्दै केही दिन बैठक सार्न अध्यक्ष ओलीलाई सुझाव दिने निश्कर्ष निकालिएको छ । ‘दलको बैठक केही दिन सारेर सवैलाई सहभागी गराउन कार्यदलले प्रयन्त गरिरहेको छ,’ ती नेताले भने । अध्यक्ष ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नेपालले निर्वाह गरेको नेतृत्वदायी भूमिकाका कारण शुक्रवार नै बैठक बस्दा थप तिक्तता हुने र कहिल्यै मिल्न नसकिने अवस्थामा जाने हो कि भन्ने आशंकासहित दलको बैठक केही दिन सार्दा उपयुक्त हुने निश्कर्ष कार्यदलले निकालेको हो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved