खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ११ राजा पानी निवासी कर्पर खेलाडी दिनेश सुनार अमेरिका बाट पाँचौँ कर्पर विश्व कीर्तिमानी चुम्नु सफल भएका छन् । खोटाङको अति विकट गाउँ खाम्तेल डाँडाका जन्मेका दिनेश नेपालको नाम विश्वमा चिनाउदै कर्पर खेलाडीको रूपमा आफ्नो र देशको नाम इतिहास रच्न सफल भएका छन् ।
सानै छदा उफ्रिनु र कुद्नुमा अब्बल उनी चार पटकको ‘गिजिन बुक अफ वर्ल्ड रेकर्डमा आफ्नै रेकर्ड तोड्दै पाँचौँ पटक नाम लेखाउन सफल भएकाछ्न ।खोटाङ जिल्लाको विकट खाम्तेल कामी डाँडा गाउँमा जन्मेका दिनेश सुनार, पूर्व प्रहरीमा कार्यरत थिए आफ्नो खेललाई थप सशक्त बनाउने आफ्नो परिचय, समुदाय र राष्ट्रको नामलाई विश्वमा उचाइमा पुर्याउने उद्देश्यले प्रहरीको जागिर बाट राजीनामा दिई हिँडेका थिए ।
अहिले अमेरिकामा कर्पर खेल बाट पाचौं बिश्वमानी रेकर्ड चुम्नु सफल दिनेश सुनारलाई पूर्वी नेपालको पहाडी जिल्ला खोटाङको हलेसी तुवाचुङ ११ राजा पानी कामी डाँडामा बाबु विर्खबहादुर सुनार र आमा रीता सुनारको जेठो छोरा दिनेश गाउँमा सानैदेखि उफ्रिने उल्टी मार्ने गर्दै पछि कर्पर खेलाडीका रूपमा आफलाइ विश्वका सामु चिनाउनु सफल भएका हुन। नेपाली पार्क दिनेश सुनारले पाँचौँ पटक गिजिन बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका उनले पार्क खेलकै अर्को विधामा उनले विश्व रेकर्ड कायम गरेका हुन् ।
