Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बालुवाटार छाेडि बुढानिलकण्ठ तिर लागे प्रधान मन्त्रिका सुरक्षाकर्मी हरु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 14, 2021
231 shares

एउटा प्रधानमन्त्री बहिर्गमित हुँदा अरु केही व्यक्ति र विषय पनि सँगै जान्छन् ।

तीमध्ये केपी ओलीको बहिर्गमनसँगै प्रयोजनहीन बनेको विषय हो, आर्थिक वर्ष २०७८/७९ को बजेट । प्रधानमन्त्रीसँगै हिजो पदमुक्त हुनुभएका अर्थमन्त्री विष्णु पौडेलद्वारा गत जेठ १५ मा जारी १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट कार्यान्वयनमा जानुभन्दा तीन दिनअघि सरकार ढल्नाले अध्यादेशमार्फत् ल्याइएको उक्त बजेट कार्यान्वयनमा समस्या देखिएको छ ।

अब हिजो गठित शेरबहादुर देउवाको सरकारले पूरक बजेट ल्याउला या कानुनी झन्झट कसरी मिलाउला प्रष्ट छैन । ​बजेटमात्रै होइन, ओली प्रधानमन्त्रीबाट हटेसँगै उनका सबै मन्त्री र सचिवालयका नियुक्तिवाल पनि फिर्ता भएका छन् ।

नेपाली सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागले निवर्तमान प्रधानमन्त्रीको सुरक्षार्थ खटाएका अलग–अलग टोलीले हिजै मंगलबार बालुवाटार छाडेका छन् । अब निवर्तमान प्रधानमन्त्रीलाई दुई थरी प्रहरीको मात्र सुरक्षा रहनेछ ।

सेना र गुप्तचर हट्नेछन् । ती चारै सुरक्षा निकायले हिजैदेखि नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सुुरक्षार्थ टोलीहरु खटाइसकेका छन् । देउवा केही दिनपछि बालुवाटार सर्ने भए पनि सुरक्षाकर्मीहरु हिजैदेखि त्यहाँ तैनाथ हुन थालेका छन् । प्रहरीतर्फ डिएसपी कोमल शाह प्रमुख सुरक्षा अधिकृत (पिएसओ) का रुपमा खटिएका छन् । उनी काठमाडौंको नगर प्रहरी इञ्चार्ज थिए ।

प्रधानमन्त्री हटेसँगै महान्यायाधिवक्ता रमेश बडालले हिजो राजीनामा दिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेल, सदस्यहरु कृष्णप्रसाद ओली, उषा झा, मीनबहादुर शाही र राजबहादुर गिरीहरु हिजैदेखि पदमुक्त भएका छन् । प्रधानमन्त्रीको सचिवालयका विज्ञहरु विष्णु रिमाल, डा.राजन भट्टराई, गजेन्द्र थपलिया, राजेश बज्राचार्य, बाबुराम दाहाल, रामशरण बजगाइँ, सूर्य थापासहित सबैजना स्वतः पदमुक्त भए । यो समाचार जनआस्था साप्ताहिकमा छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved