Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

देउवालाई विश्वासको मत दिने, तर सरकारमा सहभागी नहुने माधव नेपाल पक्षको उद्घाेष

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 13, 2021
351 shares
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् । सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई आज प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । देउवालाई प्रधानमन्त्री बनाउन र केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट बहिर्गमन गराउनमा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको ठूलो भूमिका छ । नेता नेपालको चट्टानी अडानकै कारण देउवाको प्रधानमन्त्रीमा सत्तारोहण सफल भएको हो ।

अदालतको फैसला आएको अघिल्लो दिन अर्थात असार २८ गते राति १० बजे एमाले कार्यदलले पार्टीको विवाद समाधानको लागि १० बुँदे सहमति गरेको छ। जसमा माधव नेपाल पक्षको सहमति नभएको कुरा मिडियामा आएको थियो । सुरुमा नेता नेपालले अदालतको फैसलालाई प्रभावित पार्ने भाषा राखिएको भन्दै आपत्ति जनाएको कुरा पनि बाहिर आएको छ । हिजो अदालतको फैसला नेता नेपाल लगायत विपक्षी गठबन्धनले माग गरेबमोजिम नै आयो ।

फैसलालाई नेता नेपालले स्वागत गरे । र, यसले संविधानको जित भएको प्रतिक्रिया दिएका थिए । साँझमा नेता नेपालको निवासमा विपक्षी गठबन्धनको बैठक बसेको थियो । उक्त बैठकलाई संक्षिप्त सम्बोधन गर्दै नेता नेपालले आजबाट आफूहरु गठबन्धनमा रहन नसक्ने बताएका थिए । पार्टीभित्र एकताको वातावरण बनेको र एउटा सहमति भएको अवस्था सुनाउँदै परिस्थितिलाई सही ढंगले बुझिदिन उनले प्रधानमन्त्रीमा नियुक्त देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसामू आग्रह गरेका थिए । नेता नेपालको सोही भनाई उनीनिकट नेता रघुजी पन्तले मिडियासामू सुनाएका थिए ।

 

प्रधानमन्त्रीमा नियुक्त देउवाले अब एक महिनाभित्र संसद्मा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । यसअघि समर्थन गरेका माधव नेपाल पक्षधर २३ जना सांसदले समर्थन नगरे उनले विश्वासको मत नपाउने निश्चित् छ । कतिपयले एमाले एक भएको खण्डमा देउवा एक महिनाभन्दा बढि प्रधानमन्त्री नबन्ने दाबी गरिरहेका छन् । तर, माधव नेपालले भने देउवालाई विश्वासको मत दिनेबारे छलफल थालेको उच्च स्रोतको दाबी छ ।

आफूहरुकै कारण ओलीको बहिर्गमन भएको र देउवा प्रधानमन्त्रीमा नियुक्त भएकोले देउवालाई विश्वासको मत दिँदासम्म सहकार्य जारी राख्नुपर्ने आवाज उनीनिकट सांसदहरुबाट उठेको छ । सांसदहरुको यही भावनालाई आत्मसात् गरेर नेपाल पक्षका सबै सांसदले देउवालाई विश्वासको मत दिने तयारी गरेका छन् । नेता नेपालले विश्वासको मत दिने वचन प्रधानमन्त्रीमा नियुक्त देउवालाई दिईसकेको स्रोतको दाबी छ । देउवाले त हिजै माधव नेपाल पक्षलाई आफ्नो नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

तर, नेपालले सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएका थिए । राजनीतिक परिस्थिति कसरी अघि बढ्छ त्यही अनुसार आफू पनि अघि बढ्ने भन्दै पछि त्यस्तै अवस्था सरकारमा पनि सहभागी हुन सकिने उनको भनाई थियो ।

 



प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved