Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विपक्षी गठबन्धनको निश्कर्ष : सहकार्यबाटै सरकार

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 13, 2021
51 shares

काठमाडौं । पाँच राजनीतिक दल आबद्ध विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सहकार्यबाटै सरकार गठन गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्दै विपक्षी गठबन्धनले प्रधानमन्त्रीमा अघि सारेका देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न अन्तरिम आदेश दिएपछि सोमबार साँझ बसेको विपक्षी गठबन्धनको बैठकले देउवाको नेतृत्वमा सहकार्यबाटै सरकार गठन गर्ने निर्णय गरेको हो ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विपक्षी दल आबद्ध गठबन्धनको बैठकले सर्वोच्चको फैसलालाई स्वागत गर्दै सबैसँगको सहकार्यबाट नै सरकार गठन गर्ने निर्णय गरेको जानकारी दिए । ‘बैठकले फैसलाको स्वागत गर्दै सबै दलसँगको सहकार्यबाट नै सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ, संविधान र लोकतन्त्रलाई सर्वोच्च अदालतले बचाएको छ, अब सबै मिलेर अघि बढ्नुपर्छ भन्ने निर्णय हो,’ कांग्रेस वरिष्ठ नेता पौडेलले भने ।

पौडेलले संविधान, लोकतन्त्र र परिवर्तनका पक्षमा उभिने सबैलाई बैठकले धन्यवाद दिएकोसमेत जानकारी दिए । आज सानो मन्त्रिपरिषद् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा आज मंगलबार सानो आकारको मन्त्रिपरिषद् बन्नेछ । विपक्षी गठबन्धनमा आबद्ध दलहरूबीच सोमबार साँझ कोटेश्वरमा भएको छलफलको सहमतिअनुसार आज सानो आकारको मन्त्रिपरिषद् बन्ने भएको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले पहिले सानो आकारको मन्त्रिपरिषद् बन्ने जानकारी दिए । ‘पहिले सानो आकारको मन्त्रिपरिषद् बन्छ, नेताहरू छलफलमा नै हुनुहुन्छ, मंगलबार बिहान फेरि बैठक बसेर मन्त्रिपरिषद्बारे टुंगो लगाउँछौं,’ नेता खाँणले भने ।

सर्वोच्च अदालतले दिएको साँझ ५ बजेको समयभित्र सपथ हुने विश्वास कांग्रेससहितका विपक्षी गठबन्धनको रहेको खाँणले बताए । ‘सर्वोच्चको फैसला र आदेशअनुसार नै शपथको कार्यक्रम आउला, ५ बजेभित्र शपथ गर्नू भन्ने सर्वोच्चको आदेश हो, राष्ट्रपति कार्यालयबाट सर्वोच्चको आदेशको पालना हुनेमा हामी ढुक्क छौं,’ नेता खाँणले शपथग्रहणबारेको जिज्ञासामा भने ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved