Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सर्बोच्चले दियो राष्ट्रपतिलाई चेतावनी : संविधान नमाने पदमा वस्ने छुट छैन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 12, 2021
372 shares

काठमाडौँ । प्रधानमन्त्री र राष्ट्रपतिले राष्ट्रपतिको कदममा कसैले औंला उठाउन नसक्ने र कारबाही पनि नहुने बताइरहेका बेला सर्वोच्च अदालतले भने अदालतको आदेश पालना नगरेर शासन सत्तामा कायम रहने छुट नभएको चेतावनी छ । संविधान नमानेर पदमा बस्ने छुट समेत नभएको सर्वोच्चले जनाएको छ ।

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा चलिरहेका बेलामा संवैधानिक इजालासलाई राष्ट्रपति कार्यालयले लिखित जवाफ पेश गर्दै ‘राष्ट्रपतिको काम(कारबाही न्यायिक पुनरवलोकन नहुने’ दाबी गरेको थियो । सोमबार सर्वोच्च अदालतले राष्ट्रपतिको विघटनको निर्णय बदर गरेको छ । अदालतले निवदेक पक्षको मागबमोजिम रिट जारी गर्दै अदालतको आदेश पालना नगरेर शासन सत्तामा कायम रहने छुट नभएको चेतावनी दिएको छ ।

आदेशमा भनिएको छ, ‘प्रधानमन्त्री पदको नियुक्ति दिएर पठाउने कार्य अदालतले गर्दैन । यो कार्य राष्ट्रपतिबाट नै हुन्छ र हुनुपर्दछ भन्ने कुरामा थप तर्क र शंकाको कुनै आवश्यकता देखिदैन । तर, यस प्रसंगमा स्मरणीय कुरा के छ भने सदाधिकार अदालतबाट संविधानको व्याख्या गरी जारी आदेश बमोजिम कार्य गर्न भने राष्ट्रपतिलगायत राज्यका सबै निकाय र पदाधिकारीको कर्तव्य र जिम्मेवारी बन्दछ ।’ अदालतको आदेशको पालना नगर्नुको भनेको संविधानका प्रावधानको उल्लंघन गरेको अर्थ लाग्ने फैसलामा उल्लेख छ । अदालतले संविधान उल्लंघन गरेर शासन(सत्तामा कायक रहने छुट कोही कसैलाई नभएको उल्लेख गरेको छ ।
राष्ट्रपति कार्यालयले अदालतलाई पठाएको जवाफमा संविधानको धारा ७६ को उपधारा ९५० बमोजिम प्रधानमन्त्रीले विश्वासको मत पाउने आधार छ वा छैन भन्ने परीक्षण गर्ने अधिकार राष्ट्रपतिलाई मात्रै भएको दाबी गरिएको छ । जवाफमा उल्लेख थियो, ‘सम्माननीय राष्ट्रपतिबाट निर्णय हुँदा नेपालको संविधानको धारा ७६ को उपधारा ९५० बमोजिम प्रधानमन्त्रीले विश्वासको मत पाउने आधार छ वा छैन भन्ने कुरा यकीन गरिएको छ । यस्तो कार्य सम्माननीय राष्ट्रपतिबाट मात्र हुने हो र भएको पनि त्यही हो ।’

संविधानको धारा ७६ को उपधारा ९५० बमोजिम प्रधानमन्त्री नियुक्तिको लागि दुईजना दाबीकर्ताले पेश गरेका दाबीमा विश्वासको मत प्राप्त गर्न सक्ने आधार रहे वा नरहेको विषयमा यकीन गरी निर्णय गर्ने अधिकार र कर्तव्य स्वयं राष्ट्रपतिलाई मात्रै भएको दाबी छ । जवाफमा भनिएको छ, ‘राष्ट्राध्यक्षको हैसियतमा सम्माननीय राष्ट्रपतिबाट संविधानको धारा ७६ बमोजिम भए कामकारवाहीका विषयमा रिट क्षेत्राधिकार आकर्षित हुने होइन र यो विषय न्यायिक पुनरावलोकनको पनि होइन ।’ निवदेक पक्षबाट बहस गरेका वरिष्ठ अधवक्ता शम्भु थापाले राष्ट्रपतिले एक्लै कुनै निर्ण गर्न नपाउने उल्लेख गर्दै इजलासमै प्रश्न गरेका थिए ।

सर्वोच्च अदालतले संविधानलाई ट्र्याकमा ल्याइदियो :कांग्रेसका सभापति देउवा काठमाण्डाै । सर्वोच्च अदालतको फैसलालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले स्वागत गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै संविधानलाई ट्र्याकमा ल्याइदिएको बताउनु भएको छ ।
कसैले पनि यसलाई व्यक्तिगत जित/हारको विषयका रूपमा नलिइ लोकतन्त्र, संविधान देश र जनताको हितमा उपयोग गरेर जान पनि देउवाले प्रतिबद्धता जनाउनु भएको छ । अदालतले आफूलाई प्रधानमन्त्री बनाएको भन्दा पनि संविधान विपरीत गरिएको कदमलाई सच्याएको सभापति देउवाकाे प्रतिक्रिया छ । यसैबीच सर्वाेच्च अदालतले देउवालाई भाेलि बेलुका पाँच बजेसम्म प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved