Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जिपि कोईराला फाउन्डेसन पर्साद्वारा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाए

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 12, 2021
675 shares
बिरगंज । वीरगञ्ज घण्टाघरदेखि उत्तरतर्फ बिपि उद्यानको जमिनमा अन्य निर्माणको काम रोक्नुपर्ने भन्दै जीपी कोइराला फाउण्डेशन पर्साले विरोध जनाएको छ । फाउन्डेसनले उद्यानको जग्गामा अन्य निर्माणको काम गरेर प्रकृति मास्ने काम भईरहेको भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण समेत गराएको छ । फाउन्डेसन पर्साका अध्यक्ष मोहम्मद साहबुदिनले प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा स्थानीय विकास मन्त्रालयका तत्कलिन मन्त्री रामचन्द्र पौडेलले रेल्वेको जग्गा खरिद गरी बि.पि उद्यानका लागि जग्गा तत्कालिन वीरगञ्ज उपमहनगरपालिकाको रेखदेखमा रहने र पछि पार्क बनाउने उद्देश्यले हस्तान्तरण गरिएको उल्लेख छ । तत्कालिन सरकारसँग गरेको सम्झौता विरुद्ध पार्क बनाउने जग्गामा प्रकृति मास्ने गरी छड सहितको ढलानको काम भईरहेकोले यथासिघ्र रोक लगाउन आदेशको माग समेत ज्ञापनपत्रमा गरिएको छ ।
बिपि उद्यानको पार्कमा निशुल्क पार्क र हरित मैदान बनोस भन्ने जन चाहान छ । वीरगञ्ज महानगरपालिकाले ठेक्का लगाई पैसा कमाउने भाँडो बनाउँदा हरियो शहरको परिकल्पना मरेर जाने स्थिति छ । उक्त कार्यलाई अबिलम्ब रोक लगाई हरित पार्क बनाउने पहलकदमी लिन अनुरोध छ । प्रकृति मास्ने गरि विकास चाहिएको छैन ।’ ज्ञापनपत्रमा उल्लेख छ । विपि उद्यानको जग्गालाई हराभरा बनाउनुको साटो कुरुप बनाउने जुनसुकै योजनालाई फाउन्डेशनले विरोध गर्ने अध्यक्ष सहाबुनिन बताउँछन् ।
आवश्यक परे कानुनी लडाई समेत लड्न फाउन्डेशन तयार रहेको उनको भनाई छ । तर ज्ञापनपत्रमा उल्लेख भएजस्तो महानगरले नभई विपि उद्यानमा सहरी विकास मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन डिभिजन कार्यालय पर्साले पार्किङ स्थल बनाउन लगाएको छ । बिरगंजको मुटुमा रहेको घन्टाघर अगाडि बि .पि. उधानमा पार्क बनाउनु पर्नेमा केही दिनदेखि पार्किङको लागि जग्गामा ढलान कार्य हुँदै आई रहेको बिषयमा ३ दिन देखि नेपाली कांग्रेसका युवा नेता धिरज गुप्ता बि•पी• उद्यान जग्गाको विषयमा एकलै आवाज उठाउदै आएकोमा आज जिपि कोईराला फाउन्डेसन फाउन्डेसन पर्साका अध्यक्ष मोहम्मद साहबुदिनले प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई ज्ञापन पत्र बुझाइ समर्थन जनाएका छ ।
बिपि उद्यानको रुपमा प्रयोग गर्ने शर्तमा नेपाल यातायात संस्थानको जग्गा तत्कालिन वीरगञ्ज उप महानगरपालिकाले १० करोडमा १० विगाहा जग्गा खरिद गरेको थियो । वीरगञ्जका तत्कालिन नगर प्रमुख गोपाल गिरि र पूर्व उपमेयर समेत रहेका अजय द्विवेदीको पहलमा अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले रजिष्ट्रेसन दस्तुरमा सहुलियत प्रदान गरिदिएको फाउन्डेसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved