उमेश भुजेल- खोटाङ/खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका ५ वटा घर तथा टहरा जेसिभि लगाएर भत्काएको छ । जिल्लाको बाराहा पोखरी गाउँपालिका वडा नं १ बारा पोखरीमा संखेश्वर मन्दिरको गुठी र आसपासका सार्वजानिक जग्गामा अतिक्रमण गरेर वनाईएका ५ घर टहरा गाउँपालिकाले जेसिभि लगाएर भत्काएको हो ।
संखेश्वर मन्दिरको गुठीको जग्गा तथा सार्वजानिक जग्गा मिचेर चौतर्फी रुपमा विरोध भए पछि गाउँपालिकाले घर टहरा हटाउनका लागि पटक पटक तीन पल्ट हटाउन भनेर सूचना गर्दा पनि अटेर गरेर बस्नेको घर–टहरा नेपाल प्रहरी र शसस्त्र प्रहरीको उपस्थितमा जेसिभि प्रयोग गरेर शनिबार भत्काइएको गाउँपालिका अध्यक्ष शालिकराम बन्जाराले बताउनु भयो ।
घर–टहरा हटाउन निकालिएको सार्वजानिक सूचनाको ब्यवस्था गरे पछि २०७७ साल मंसिर १८ गतेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार गाउँपालिकाले १० दिनको अवघि दिएर मंसिर २१ गते २७ व्यक्तिको नामावली सहित अन्तिम पटक सूचना जारी गरेको उहाँको भनाई छ । सुरुमा २७ वटा घर टहरा थिय विस्तारै विस्तारै हट्दै हट्दै हाल पाँच वटा अटेर गरेर बसिरहेका घर टहरा हटाईएको गाउँपालिकाले जनाएको छ ।
