Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पर्सा जिल्लाबाट मौलायो तस्करी, ढाकछोप गर्न पत्रकार र प्रहरीको मिलेमतोमा भोज भतेर

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 11, 2021
45 shares

पर्सा । पर्सा जिल्लाको विभिन्न नाका हुँदै तस्करीको कार्य मौलाएपनी समाचार सम्प्रेषण नगर्नको निम्ति सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणमा भोज भतेरको आयोजना गरिएको छ । सीमा नाकाको प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपालले सीमा नाकालाई कमाइ खाने भाडो बनाउनको निम्ति पत्रकार र प्रहरी बिचमा भोज भतेरको आयोजना गरिएको हो ।

बिगत केही दिनदेखी बन्द रहेको तस्करीको कार्य पुन: सुचारू गर्नको निम्ति सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले पत्रकार र प्रहरी बिचको सहकार्य गर्न अवाश्यक रहेको भन्दै भोज भतेरको आयोजना गरिएको बताइन्छ । प्रदेश प्रहरी प्रमुख डिआइजी उमेश रन्जितकारको आग्मनले तस्कर र बिचौलियाको सहकार्यमा लगाम लाग्नसाथ पुन: बिचौलियालाइ परिचालन गरि डिआइजी रन्जितकारलाइ मिलाउनको निम्ति भोज भतेर गरिएको एक प्रहरी श्रोतले जानकारी गराएका छन ।

उनका अनुसार सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका र सशस्त्र प्रहरीका डिआइजी चन्द्र प्रकाश गौतम बिच सहकार्य गरि तस्करीको लाइन चलाएको दुई महिना नबितिदै प्रदेश प्रहरी प्रमुख उमेश रन्जितकारको आग्मनले तस्करी कार्यमा बाधा पुगेको बताइन्छ । जिल्ला प्रहरी कार्यालय पर्सा र प्रदेश प्रहरी बिच बिचौलियाको काम गर्दै आएका दुई जना पत्रकारले प्रदेश प्रहरी प्रमुख सङ्ग सहकार्य गर्न विभिन्न हतकन्डा अपनाइरहेपनी बिफल भएको बताइन्छ ।

प्रदेश प्रहरी प्रमुख डिआइजी उमेश रन्जितकारले सादा पोशाकमा टोलि परिचालन गर्नसाथ पर्सा जिल्लाबाट हुने अबैध क्रियाकलाप बन्द भएको बताइन्छ । तर सशस्त्र प्रहरीको सहकार्यमा विभिन्न नाका हुँदै तस्करी कार्य जारी नै रहेको र सशस्त्र प्रहरी तस्करीको कार्यमा खुलम खुल्ला जुटेको समेत सशस्त्र प्रहरी श्रोतले जनाएको छ । एक जना श्रोतले जनाए अनुसार नेपाल पत्रकार महासंघ पर्सा शाखामा निर्वाचित सदस्यहरूलाइ बोलाइ सम्मान गर्ने बहानामा तस्करीको कार्य समबन्धी कुरा भएको बताए ।

सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका र पत्रकारका नेता भनिएका सङ्ग तस्करी बिषयमा पहिला नै कुरा मिलि सकेको कारण ललिपप खुवाउन पत्रकारलाइ भोज भतेर गरिएको बताए । हालको समयमा अलि पैसामा बिक्ने भनेको पत्रकार नै रहेको कारण सहिलै तस्करी र प्रहरी बिच सहकार्य हुने गरेको ठोकुवा गरे । यता अर्का सशस्त्र प्रहरी श्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल प्रदेश नम्बर २ बाहिनीका प्रमुख डिआइजी चन्द्र प्रकाश गौतमकै आदेशमा पत्रकारहरू सङ्ग सहकार्य गरि तस्करी लाइन सन्चालन गर्न भनेपछी यस्तो भोज भतेरको आयोजना गरिएको बताए ।

पर्सा जिल्लाको सीमा नाकाबाट एक महिनाको लागि ठुलै तस्करीको लाइन खुल्न सक्ने समेत उनले ठोकुवा गरे । जनपद प्रहरीको सेन्डिकेट मिलाउनको लागि २ जना बिचौलियालाई परिचालन गरिनुको साथै तस्कर सङ्ग सहकार्य गर्न सीमामा खटिएका सशस्त्र प्रहरीलाई निर्देशन समेत दिइएको उनले बताए । संगठनको कुरा भएको हुनाले आफ्नो नाम सम्प्रेषण नगर्ने सर्तमा सशस्त्र प्रहरी श्रोतले यस अनलाइनलाइ जानकारी गराए ।

सशस्त्र प्रहरीको इशारामा तस्करीको लाइन सुरू गराउन निस्केको एक जना बिचौलियाले पर्साको भिस्वा प्रहरी चौकीका प्रमुख प्रमोद साहलाइ समेत निम्तो गरि बसपार्कको होटेलमा भोज भतेर समेत गराएको एक सिसिटिभी केमराबाट प्रमानित भएको छ । भोज भतेरमा सहभागी बिचौलियाले पर्साको भिस्वा नाकाबाट लाइन सुचारू गर्न प्रहरी नायब निरीक्षक प्रमोद साहलाइ दवाब दिने गरेको एक श्रोतले जानकारी गराएका छन ।

अर्को पत्रकार उक्त होटेलमा पुग्दा बिचौलियाले हतारिएर होटेल छोडी फरार भएका थिए । पत्रकारिता पेशालाइ बदनाम गर्दै तस्करीको लाइन मिलाउन आतुर भएका बिचौलियाको समुहले गर्दा सम्पूर्ण पर्सेली पत्रकार बदनाम हुने गरेको यस घटनाले प्रमानित गरेको छ । तसर्थ यस बिषयमा नेपाल पत्रकार महासंघ र आफ्नो संगठन इमान्दार रहेको ठोकुवा गर्ने सशस्त्र प्रहरी बल नेपालका प्रमुख आइजिपी शैलेन्द्र खनालको ध्यान जान अति अवाश्यक देखिन्छ । क्रमशः

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved