Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एनआरएनए स्विट्जरल्याण्डको अध्यक्षमा शुभ एल्मर लामा निर्विरोध निर्वाचित पक्का

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 11, 2021
459 shares

बार्सिलोना। एनआरएनए स्विट्जरल्याण्डको अध्यक्षमा शुभ एल्मर लामा निर्विरोध निर्वाचित हुने भएकी छिन्। शुक्रबार सम्पन्न मनोनयन दर्ताको समयावधिमा अध्यक्षमा लामाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्ष बन्ने पक्का भएको हो।

विगत चार दशकदेखि स्विट्जरल्याण्डमा बस्दै आएकी लामा सन् २०१५ देखि २०१९ सम्म दुई कार्यकालसम्म संघको महिला संयोजकमा रहेर काम गरेकी थिइन् । वर्तमान कार्यसमितिकी उपाध्यक्षसमेत रहेकी लामाले २०२१- २०२३ कार्यकालका लागि नेतृत्व सम्हाले भएकी हुन्।

यसैगरी अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्यमा (आईसीसी) सीमा गौतमको मात्रै उम्मेदवारी परेको छ। एनआरएन स्विट्जरल्याण्डको इतिहासमा अध्यक्ष र आईसीसी सदस्य दुवै महिला बनेको यो पहिलो पटक हो।

संघको सातौं राष्ट्रिय महाधिवेशनबाट सिङ्गो कार्यसमिति नै निर्विरोध बनेको छ । कार्यसमिति उपाध्यक्षमा प्रमोद कुमार भट्ट र शुक्र श्रेष्ठ, महासचिवमा कुल (कृष्ण) प्रसाद शिवाकोटी, सचिवमा जीवन भट्टराई, कोषाध्यक्षमा राकेश चन्द्र प्रजापती, महिला संयोजकमा चम्पा ज्ञवाली रुकस्टुल, युवा संयोजकमा विनु सुनार र प्रवक्तामा यम काउचा मगरको मात्र उम्मेदवारी परेपछि सिंगो कार्यसमितिनै निर्विरोध निर्वाचित हुने निश्चित भएको हो।

अन्य केही पदहरूमा उम्मेद्वारी नपरेपछि पद रिक्त रहेको छ। जुलाई ११ मा हुने एनआरएनए स्विट्जरल्याण्डको सातौं राष्ट्रिय महाधिवेशनका लागि विभिन्न पदका लागि उम्मेदवारी मनोनयनको नामावली प्रकाशन शनिवार सम्पन्न भएको हो।

को हुन् लामा ?

एनआरएनए स्विट्जरल्याण्डको अध्यक्ष पक्का भएकी लामा युरोपमा नै निकै सक्रिय महिलामध्ये एक हुन् । गैरआवासीय नेपाली संघको १०औं युरोपस्तरीय महिला सम्मेलनमा लामा मोष्ट एक्टिभ महिला संयोजकको उपाधिले सम्मानित भएकी थिइन्। युरोप क्षेत्रमा रहेका २० वटा महिला फोरममध्ये विभिन्न गतिविधिमा अतिनै सक्रिय बनेका दुई एनसीसी राष्ट्र स्विट्जरल्याण्ड र अष्ट्रियालाई इटालीको रोममा सम्मान गरिएको थियो।

स्विट्जरल्याण्डको ग्लारुस क्यान्टोनमा रहेको नगरपालिका ग्लारुस नडमा बस्दै आएकी लामाकै पहलमा नेपालको पहिलो अस्पताल वीर अस्पताललाई १२ वटा ह्विलचेयर सहयोग स्वरुप हस्तान्तरण गरीएको थियो । विकट जिल्लाहरुका गरीब तथा दलित महिलाहरुका लागि स्विट्जरल्याण्डको महिला फोरमले उनकै नेतृत्वमा लाखौं रुपैयाँ सहयोग पठाएको थियो।

लामा सन् १९८० देखि नै स्थानीय रुपमा सामाजिक सेवामा आफूलाई निरन्तर सक्रिय राख्दै आइरहेकी छिन् । उनीसँग टोनी हेगन फाउन्डेसनको बोर्ड मेम्बर रहेर काम गरेको पनि अनुभव छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved