स्वतन्त्र राष्ट्रिय अभियान नेपालका संयोजक तथा अधिवक्ता स्वागत नेपालले स्वतन्त्र राष्ट्रिय अभियान नेपालका हङ्गकङ्ग संयोजक रोहित तामाङ्ग ज्यु विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत रहँदाको अवस्थामा निमोनिया, कोभिड र किड्नीको समेत समस्याबाट निधन हुनुभएकोमा हामी निःशब्द भएको बताएका छन्।
अधिवक्ता नेपालले ०३८/०३९ मै राजनीति शास्त्रमा स्नातकोत्तर गर्नु भएका, तत्काल कायम रहेका विभिन्न दलहरुका केन्द्रीय सदस्य समेत रहेर गत गत चुनावमा सुनसरी क्षेत्र नं ३ मा प्रत्यक्ष तर्फका उम्मेदवार, सुनसरीमा पटक विद्यालयका व्यवस्थापन समितिका संस्थापक अध्यक्ष रहेका समाज सेवामा सक्रियतापूर्वक लाग्दा पनि गलत विकृत संसदीय व्यवस्थाको दुष्प्रभावले राजनीति नै छोडेर लामो समयदेखि हङ्गकङ्गमा बसी रोहित दाई व्ययवसाय गर्दै आएको बताएका छन्।
अधिवक्ता नेपालले नेपालमा विदेशी मुद्रा धेरै भित्र्याउन धेरै नसके पनि त्यहाँ पुगेर विजनेस कम्युनिटीमा सहभागी बन्नु मात्र भएन नेतृत्व नै लिन थालेको बताएका छन्।
उनले सामाजिक संजालमा लेखेका छन्, “यसरी छिट्टै भेट्ने भन्दै थियौं हामी तर यो सम्वाद नै अन्तिम हुन पुग्यो
स्वतन्त्र राष्ट्रिय अभियान नेपालका हङ्गकङ्ग संयोजक रोहित तामाङ्ग ज्यु विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत रहँदाको अवस्थामा निमोनिया, कोभिड र किड्नीको समेत समस्याबाट निधन हुनुभएकोमा हामी निःशब्द छौं ।
०३८ ०३९ मै राजनीति शास्त्रमा स्नातकोत्तर गर्नु भएका, तत्काल कायम रहेका विभिन्न दलहरुका केन्द्रीय सदस्य समेत रहेर गत गत चुनावमा सुनसरी क्षेत्र नं ३ मा प्रत्यक्ष तर्फका उम्मेदवार, सुनसरीमा पटक विद्यालयका व्यवस्थापन समितिका संस्थापक अध्यक्ष रहनु भएका समाज सेवामा सक्रियतापूर्वक लाग्दा पनि गलत विकृत संसदीय व्यवस्थाको दुष्प्रभावले राजनीति नै छोडेर लामो समयदेखि हङ्गकङ्गमा बसी रोहित दाई व्ययवसाय गर्दै आउनु भएको थियो ।
नेपालमा विदेशी मुद्रा धेरै भित्र्याउन धेरै नसके पनि त्यहाँ पुगेर विजनेस कम्युनिटीमा सहभागी बन्नु मात्र भएन नेतृत्व नै लिन थाल्नुभयो । नेपालको मूल समस्या सांसदले विदेशीको ईसारामा सरकार बनाउने र ढाल्ने व्यवस्था नै रहेको र समाधान भनेको राइट टु रिजेक्ट, राइट टु रिकल, दुई दलीय प्रणाली, जुडिसियल पुलिस, लोकतान्त्रिक कर प्रणाली, १८ देखि २४ वर्षसम्मका सबै युवालाई अनिवार्य राष्ट्रसेवामा सेवामा लगाई, स्वास्थ्य , शिक्षा , आवास निःशुल्क हुने उन्नत लोकतन्त्र र प्रत्यक्ष प्रजातन्त्रको नयाँ युगको शुरुवातका लागि लड्छु ।
बाँकी जीवन यसैमा समर्पित गर्छु भनी प्रतिबद्ध बनेर नेपाल फर्कनु भएको थियो । सोही वीचमा स्वास्थ्यमा समस्याय देखिएको थियो । त्यहाँ रहुञ्जेलसम्म स्वतन्त्र राष्ट्रिय अभियानको संयोजन गरिरहनु भएको थियो । उहाँ हाल जनजाति महासंघ हङ्गकङ्ग, तमाङ्ग घेदुङ्ग हङ्गकङ्गको सल्लाहकार समेत हुनुहुन्थ्यो । उहाँले जीवनको निष्कर्ष उन्नत लोकतन्त्र र प्रत्यक्ष प्रजातन्त्र सहितको दुई दलीय प्रणाली हो भन्ने निकालेर नयाँ युगको निर्माणमा नेतृत्व लिनु भएको कुरा इतिहासले सधैँ स्मरण गरिरहने छ ।
हामी सबैका दाई दाई स्वतन्त्त राष्ट्रिय अभियान नेपालको संस्थापक मध्येका एक रोहित तामांगज्यु प्रति हार्दिक श्रद्धाञ्जलि । शोकसन्तप्त परिवारप्रति समवेदना । यो शोकलाई हामी शिक्षा र समझदारीमा बदल्दै तपाईंले देख्नु भएको नयाँ युगको नेपालको उन्नत लोकतन्त्त प्रत्यक्ष प्रजातन्त्रलाई साकार बनाउने संकल्प गर्दछौं । तपाईको आत्माले शान्ति प्राप्त गर्न सकोस् ।”
