काठमाण्डौ । नेपालमा मनसुन शुरु भएसंगै निरन्तर बर्षाका कारण आएको भिषण बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुको क्षतीको निरिक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोक जाँदै हुनुहुन्छ ।
बाढी÷ पहिरोले क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनासहित सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न नेपाली सेनाको हेलिकप्टरबाट बिहान १० बजे सिन्धुपाल्चोक जाने तयारी भएको प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओली मेलम्ची बजार र हेलम्बुको गणेश बगरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने र बाढी÷पहिरो पीडितलाई राहत प्याकेजको घोषणा गर्ने तयारी छ ।
