काठमाण्डौ । काेराेना भाइरस काेिभड १९ का कारण लामाे समय बन्द रहेकाे आन्तरिक हवाइ उडान पुर्ण रूपमा खुला भएकाे छ ।
क्यानको अनुमति अनुरूप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सम्बन्धित एयरलाइन्सलाई परिपत्र जारी गर्दै स्वास्थ्य सावधानीका साथ उडान सञ्चालनको तालिका निर्धारण गर्ने क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले यात्रु उद्धार सहज र सस्तोका लागि उडान सङ्ख्या थप्न सरकारसँग माग गर्दै आएको थियो । यसअघि कोरोना महामारीको जोखिमका कारण उडान सङ्ख्याको ५० प्रतिशत मात्र उडान सञ्चालन गर्न अनुमति दिइएको थियो ।
अन्तर्राष्ट्रिय उडान हप्तामा ५३ वटा हुने भएको छ । क्यानका प्रवक्ता क्षेत्रीका अनुसार अब हप्तामा कुल ५३ वटा उडान गर्ने गरी विभिन्न देशका गन्तव्यमा उडान तालिका तय गरिएको छ ।
