Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

यहाँबाट निस्किनपाए गाउँ गएर खेतिगर्छु – ज्वाला संग्रौला

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 9, 2021
423 shares

केही समयदेखि सामाजिक सञ्जालमा उग्र टिप्पणी लेख्दै चर्चा बटुलेकी कथित “सामाजिक सुधारक” ज्वाला संग्रौलाद्वारा सन्चालित फरकफरक नामका २० वटै अकाउन्ट तीन सातादेखि निष्क्रिय छन् । आफ्नै साथी युवा संघ आबद्ध खुश्बु घिमिरेलाई सामूहिक कुटाई र अभद्र व्यवहार गरेको आरोपमा असार ६ गतेदेखि प्रहरी हिरासतमा रहेकी उनीमाथि तीन वटा मुद्दा अघि बढाउन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय,काठमाण्डौबाट अनुमति लिएको छ ।

प्रहरीका अनुसार संग्रौला हिरासतमा पर्नुअघि नै एक जना ट्राफिक प्रहरी असईमाथि रंगभेदी र जातीय विभेदरुपी अभिव्यक्ति दिएको भिडियो भाइरल बनेको थियो । त्यसलगत्तै अनुसन्धानको क्रममा संग्रौलाको जन्मदर्ता र विवाह दर्तासमेत नक्कली प्रमाणित भएपछि यसअघि अभद्र व्यवहारको मुद्दासहित जातीय विभेद र लिखित र्कितेसम्बन्धी तीन वटा मुद्दा अघि बढाइएको प्रहरीले बताएको छ ।

२० दिनदेखि हिरासतमा रहेकी उनको मुद्दाको फाइल सम्भवतः आज अदालतमा पठाएको थियो । अदालतबाट हिजो पठाइएको पत्रमा संग्रौलाविरुद्ध मुद्दाको फाइल पेश गर्न थप दुई दिनको म्याद दिइएको छ । अपराधको प्रकृति हेरी अनुसन्धानको सिलसिलामा प्रहरीले २५ दिनसम्म जोसुकैलाई हिरासतमा राख्न पाउँछ ।

प्रहरीले नक्कली विवाह गरेको कागजात भेटिएपछि उनको पति भनिएका पुरुष र अर्की एक युवतीलाई पनि पक्रेर अनुसन्धान गरिरहेको छ । संग्रौलाले किर्ते विवाह गरेर पति वरण गरेका भनिएका पुरुष हिमाल उपाध्याय हुन् । उनीहरु दुबैमाथि किर्ते कागजमा थप अनुसन्धान भएको बताइन्छ ।

पहिला निकै उग्र देखिएकी संग्रौला अहिले शान्त देखिएको पनि प्रहरीको अनुभव छ । अनुसन्धानमा संलग्न एक जना अधिकारीका अनुसार ज्वालाले मुद्दाको छिनोफानो भएपछि लफडा छाडेर गाउँ गई खेतिपाती गरेर बस्ने बताएकी छन् ।

हालसम्म प्रहरीले उनका २० वटाभन्दा धेरै फेसबुक एकाउण्ट समेत पत्ता लगाएको छ । आफ्ना बिरोधीलाई ठेगान लगाउन बेलाबखतमा ती फरक फरक एकाउण्टबाट उनले फेसबुक रंगाउने गरेको प्रमाणसमेत प्रहरीले बटुलेको हो ।

अदालतले सरकारी कागजात एक हैन अनेक ठाउँबाट नक्कली र किर्ते गरेको आरोपमा प्रहरी हिरासतमा रहेकालाई पुर्पक्षका लागि थप केही दिन थुनामा राख्न आदेश दिनसक्ने कानुनी व्यवस्था छ । त्यसैले ज्वालालाई पनि जिल्ला न्यायाधीशले उक्त आदेश दिनसक्ने सम्भावना बढी रहेको बताइन्छ ।-जन आस्थावाट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved