Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ओली–नेपाल सहमती भएमा देउवा जाेकर बन्ने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 9, 2021
986
काठमाण्डौ । नेकपा एमालेको नेपाल–खनाल समूहले नेपाली कांग्रेसको नेतृत्वमा बनेको बिपक्षी गठबन्धनलाई अन्ततः धोका दिने पक्का भएको छ । डेढ महिनाअघि अध्यक्ष केपी शर्मा ओलीकै कारण एक्लीएको नेपाल खनाल समूहले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूहसँग संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनाएरै अघि बढ्ने सहमति गरेको थियो । तर, ओलीसँग सहमति हुने पक्का भएपछि गठबन्धनलाई नेपाल समूहले वेवास्ता गरेको छ ।

पहिलो पटक संसद बिघटन गर्दा र नेकपा हुँदा पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर ओली बिरुद्ध लागेको नेपाल–खनाल समूह सर्बोच्चको आदेशसँगै नेकपा विघटन भएपछि पार्टीभित्रै ओलीको कोपभाजनमा परेको थियो । प्रतिनिधि सभा दोस्रो पटक विघटनमा परेपछि ओलीलाई जसरी भएपनि हराइ छाड्ने मनस्थितिका साथ नेपाल खनाल समूह विपक्षी गठबन्धनमा सामेल मात्र भएन शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्बोच्च अदालतमा समेत उपस्थित भएर हस्ताक्षर गरेको थियो ।

ओलीसँग पदीय भागबण्डामा मिल्न लागेपछि नेपाल–खनाल समूहले अव गठबन्धनलाई धोका दिने निश्चित जस्तै भएको हो । एमाले कार्यदल सदस्य समेत रहेका नेपाल समूहका नेता सुरेन्द्र पाण्डे देउवालाई सधैँका लागि प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको जिकिर गर्छन् । नेता पाण्डेको भनाईलाई मान्ने हो भने एमाले सहमति नजिक छ, भन्न सकिन्छ । सर्बोच्च अदालतको फैसलालाई स्वीकार गर्दै संसद पुर्नस्थापना भएपनि ओलीलाई समर्थन नगरेर अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउन नसकिने नेता पाण्डे बताउँछन् ।

ओली र नेपाल खनाल समूहको गाँसिएको सम्बन्धले फेरि एक पटक पुष्टि भएको छ, राजनीतिमा कोही स्थायी शत्रु हुँदैनन् र कसैले कसैको विश्वास पनि गर्न मिल्दैन भन्ने ।

एमालेको एकताले शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने बाटो बन्द हुनेछ । नेपाल खनाल समूहको साथ पाएर बहुमतमा पुगेको विपक्षी गठबन्धन संसदीय अंकगणितमा स्वत अल्पमतमा पर्नेछ । त्यसपछि देउवाको पक्षमा १ सय २३ मात्रै सांसद रहन्छन् । बहुमतका लागि १ सय ३६ सांसदको आवश्यक पर्छ । जुन एक ढिक्का बनेको एमाले र जसपाको महन्थ ठाकुर पक्षको समर्थनले ओलीलाई फेरि बहुमतमा पु¥याउने छ । तर, बिपक्षी गठबन्धन भने ओलीलाई अहिले पनि बहुमत पुर्याउनबाट रोक्ने कसरत गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved