नायिका जेनी कुँवर मृत फेला परेकी छिन् । काठमाडौंको थापागाउँ स्थित अपार्टमेन्टमा उनी मृत फेला परेको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिम बहादुर लामाले बताए । शवसँगै सुसाईड नोट पनि भेटिएको छ । नोटमा उनले आफु ‘डिप्रेशनको शिकार’ भएको लेखेकी छिन् ।
कुँवरले ‘घायल’ र ‘हलचाल’ नामक चलचित्र निर्माण गरेकी थिइन् भने ‘मैदान’, ‘बज्रपात’ लगायत आधा दर्जन चलचित्र तथा टेलिसिरियलमा पनि अभिनय गरेकी थिइन् । पछिल्लो समय आध्यात्म लागेको बताउने उनलाई पशुपति क्षेत्रमा भेट्न सकिन्थ्यो ।
