काठमाडौँ । खोटाङबाट काठमाडौँ आइ बसोबास गरिरहेका निषेधाज्ञाका कारण रोजगारी गुमाएका वा घर फर्किन नपाएर, अलपत्र परेका विद्यार्थी, काम बाट वञ्चित भएका मजदुर, गरिब असहाय अपाङ्गलाई नेकपा एमाले खोटाङ-काठमाडौँ सम्पर्क मञ्चले राहत वितरण गरिएको प्रचार प्रसार विभाग प्रमुख कुमार बाबु बस्नेत ले जानकारी दिनु भएको छ ।
कोभिड १९ को दोस्रो लहरबाट बच्न सरकारद्वारा जारी निषेधाज्ञामा यस पटक परिवारबाट अपहेलित वृद्ध,बृद्धाहरु अप्ठेरोमा परी चुलो बाल्न नसक्नेलाई प्राथमिक्तामा राखिएको समेत प्रचार प्रसार विभाग प्रमुख कुमार बाबु बस्नेतले जानकारी दिनु भएको हो ।
नेकपा एमाले खोटाङ-काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष नवराज रोकाका अनुसार सामाजिक सञ्जाल मार्फत ४ लाख १४ हजार सात सय राहत सङ्कलन भएको थियो । सहयोगी दाताहरू मञ्चका नेता तथा सल्लाहकार राहत वितरणमा खट्ने मञ्चका सदस्य तथा पदाधिकारीहरू, सल्लाह सुझाव दिने नेता सबैलाई मञ्चले धन्यवाद दिएकाे छ ।
अध्यक्ष रोकाका अनुसार यसरी सङ्कलन भएको रकमले उपत्यकाका तीनै सहर भक्तपुर, ललितपुर र काठमाडौँमा बसोबास गर्ने ३ सय १४ घर परिवारलाई १५ केजी चामल, १ केजी दाल, १ केजी नुन, आधा लिटर भटमासको तेल र १ केजी स्वायबिनकाे मस्यौराको राहत प्याकेज नै तयार गरी वितरण गरिएको छ ।
