मेवालाल यादव , रौतहट
रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत परोहा न पा- ९ रामपुर निवासि ताजा पत्रको संचालक कबराजन पटेलको हिजो राती काठमाडौं स्थित कलंकिमा मोटरसाइकल दुर्घतनामा परी गम्भीर घाइते भएको छ।
मोटरसाइकलको ठक्कर बाट कबराजन पटेलको दाहिने खुट्टा फैक्चर भएको छ ।पटेलको स्थिति बुझ्न् सांसद प्रत्याशी तथा युवा नेता किरन साहले नेपाल नेसनल अस्पताल कलंकीमा पुग्नु भएको थियो।
पटेलको स्थिति बुझ्दा आजै अप्रेसन गरि स्टिल को रड लगाउने चिकित्सक सल्लाह दिएको थियो।पटेलको अप्रेसनको लागि सबै त्यारी भैसकेको युवा नेता किरण साहले जानकारी दिएका हो। साहले उहाँको सिघ्र स्वास्थ्य लाभ को कामना गर्नु भएको छ।
