उमेश भुजेल, दिक्तेल- खोटाङको साकेलामा भुजेल भाषा संस्कार–संकृति (पुजारामे) को ४ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कोरोना कहरका विचमा स्वास्थ्यका मपदण्ड अपनाई भुजेल भाष संस्कार–संकृति पहिचान गरी जिल्लामा भुजेल भाष संस्कार–संस्कृतिलाई जिल्ला भित्र्याउने उदेश्यका साथ पुजारामेको प्रशिक्षण कार्यक्रम सञ्चलन गरेको हो ।

भुजेल समाज सेवा खोटाङको सहजीकरण, भुजेल समाज सेवा साकेला गाउँपालिकाको आयोजना र साकेला गाउँपालिका खोटाङको आर्थिक सहयोगमा उक्त पुजारामे प्रशिक्षण कार्यक्रम गरिएको भुजेल समाज सेवा साकेला गाउँपालिका संस्कार– संस्कृति संरक्षण संयोजक प्रजा कुमार भुजेलले जानकारी दिनु भयो ।
जिल्लामा भुजेल बन्धुहरू धेरै हुनुहुन्छ तर भुजेल भाषा, संस्कार–संस्कृति छ भन्ने भुजेललाई नै थाहा छैन, त्यसैले पनि हामीले आफ्नो भाषा संस्कार सस्कृती पहिचान गरि जिल्लामा भुजेल सस्कार भित्र्याउनको लागि र अन्य गैर भुजेललाई आफ्नो संस्कार–संस्कृति देखाउनको लागि यस कार्यक्रमको आयोजना गरेको कृति संरक्षण संयोजक प्रजा कुमार भुजेलले बताउनु भयो । चार दिने प्रशिक्षण कार्याक्रममा भुजेलहरुको जन्म संस्कार, विवाहमा सस्कार, मृत्यु संस्कार लागायतका जन्म देखी मृत्युसम्मका संस्कारहरूको विषयमा प्रशिक्षण दिइएको छ ।



दिक्तेल रूपाकोट मझुवा गढी नगरपालिका, साकोला गाउँपालिका र तेह्रथुम जिल्लाका ७ जनाले उक्त प्रशिक्षण लिएका संस्कार–संस्कृति संरक्षण संयोजक भुजेलले बताउनु भयो । भुजेल भाषा संस्कार–संस्कृति नेपालका हरेक भुजेलहरुको घर घरमा पुराउनु पर्ने प्रशिक्षक तथा भुजेल संस्कार–संस्कृति संरक्षकका केन्द्रिय सदस्य सुनसरी निवासी वाल कुमार भुजेलले बताउनु भयो । उहाले भन्न भयो नेपालको पश्चिमी जिल्लाहरूमा भाषा संस्कार–संस्कृतको जोगी रहेको छ तर पूर्वमा भुजेल भाषा संस्कार संस्कृति छ भन्ने कुरा भुजेलहरुमा थाहा नहुदाँ आफूलाई दुखद लागेको बसाउनुभयो ।
भुजेल भाषा र संस्कृति खोज र अनुसन्धान गर्न आफू पनि लागी परिरहेको आफ्नै ठाउँमा पुजारामेको प्रशिक्षण लिन पाउँदा अत्यान्त हर्षित भएको र प्रशिक्षणबाट सिकेको कुरालाई व्याबाहरमा लागू गर्ने प्रशिक्षार्थी प्रकाश कुमार भुजेलले बताउनु भयो । भुजेल भाषा संस्कार–संस्कृति आफ्नै भएकाले यसको खोज तथा अनुसन्धानमा गर्न भुजेलहरु आफै सकृय भएर लाग्नु पर्ने शाकोला गाउँपालिका अध्यक्ष अर्जुन कुमार खड्काले बताउनु भयो । हाम्रो देश बहुभाषा बहु संस्कृति भएको देश हो त्यसैले सबैले आ आफ्नै संस्कार संस्कृति संरक्षण गर्नु पर्ने उहाको भनाई छ ।


यसको लागी साकेला गाउँपालिकाले आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने पनि बताउनु भयो । जातीय भाषा संस्कारलाई संरक्षण र प्रर्वद्धनमा साकेला गाउँपालिकाले चासो देखाएको भन्दै गाउँपालिकाको यो चासोलाई उच्च सम्मान गर्नु पर्ने भुजेल समाज सेवा साकेला गाउँपालिका अध्यक्ष कुमार सिंह भुजेलले बताउनु भयो । भुजेल भाषा संस्कार जिल्लामा भित्र्याउनको लागि धेरै समस्या आइपरेको भुजेल समाज सेवा खोटाङका सचिवालय सचिव उमेश भुजेलले बताउनु भयो ।
कुनै पनि जातीको संस्कार–संस्कृति भित्र्याउन जाती आफौं स्वयम्ले एक तृत हुने पर्ने भएयता पनि त्यो नरहेको उहाको भनाई छ । उहाले भन्नु भयो जिल्लामा स्थानी तहका जनप्रतिनिधि देखी ठूला ठूला संस्थाका पद सम्हालेर बसेका र धेरै पढे लेखेका भुजेलहरु भएयता पनि आफ्नो जातीयतालाई एकता तथा आफ्नो संस्कार–संस्कृतिलाई अंकलन नसक्नु दुख लागेको बताउनु भयो । जिल्लामा हालसम्म दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा ६ नेर्पा र रावा बेसी गाउँपालिकाको वडा नं ६ हौंचुरमा मृत्यु संस्कार लागु भइसकेको छ ।
