Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

महामारीका बेला यात्रुबाट तोकिएभन्दा बढी भाडा उठाउने यातायात व्यवसायी कारबाहीमा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 8, 2021
291 shares

खोटाङ । खोटाङमा कोभिड–१९ को महामारीका बेला यात्रुबाट तोकिएभन्दा बढी भाडा उठाउने यातायात व्यवसायी कारबाहीमा परेका छन् । महामारीका बेला जिल्ला प्रशासन कार्यालयबाट काठ्माण्डौं जाने सवारी पास लिएका बा ४ ख २१२९ नम्बरको बस सञ्चालकले खोटाङबाट काठ्माण्डौं जाने यात्रुबाट निर्धारण गरेभन्दा ३ सय रुपैयाँ बढी भाडा लिएको पाइएपछि कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले बाताएको छ ।

खोटाङ यातायात प्रालिमा आवद्ध बसका सञ्चालकले दिक्तेलबाट काठ्माण्डौं जाने यात्रुबाट प्रतियात्रु १ हजार २ सय रुपैयाँ भाडा लिनुपर्नेमा १ हजार ५ सय रुपैयाँ भाडा लिएको पाइएपछि बढी भाडा सम्वन्धित यात्रुलाई फिर्ता गराएर सो बसका सञ्चालकलाई सवारी नियम अनुसार १ हजार ५ सय रुपैयाँ जरिवाना गरेर पुःन त्यस्तो गल्ती नदोहो¥याउने शर्तमा छाडिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवं प्रहरी निरिक्षक सागर साहले जानकारी दिए ।

यात्रु लिएर काठ्माण्डौं जाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएका संयुक्त प्रहरी टोलीले आकस्मिक चेकजाँचको क्रममा बसमा सवार यात्रुबाट तोकिएभन्दा बढी भाडा लिइएको फेला परेको हो ।

जिल्लाबाट अतिआवश्यक कामका लागि काठ्माण्डौं आवत–जावत गर्ने यात्रुलाई आर्थिक भार कम होस् भन्ने लक्ष्यका साथ जिल्ला प्रशासन कार्यालयले प्रतिव्यक्ति १ हजार २ सय रुपैयाँ भाडा निर्धारण गरेर आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै बस चलाउनका लागि सवारी पास उपलव्ध गराएको जनाइएको छ । महामारीकाबिचमा सवारी पास पाएका सवारी साधनले यात्राका क्रममा चर्को भाडा असुल गर्ने गरेको यात्रुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved