Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रौतहटमा संचालित कृषि ज्ञान केन्द्रको योजना पूर्ण रुपमा कार्यन्वयन भएन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 8, 2021
201 shares

रौतहट,मेवालाल यादव,रौतहट ।

रौतहट जिल्लामा यस वर्ष कृषि ज्ञान केन्द्रले संचालन गरेको योजना पूर्ण रुपमा कार्यन्वयन भएको छैन । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत संचालन भएको स्यालो ट्युबेल , पोली हाउस , ग्रीन हाउस , तरकारी तथा फलफुल नमुना खेति , खाद्यान्न तरकारी प्रवर्द्धन योजना लगायतका कार्यक्रम स्थगतमा कम संख्यामा कार्यन्वयन भएको पाइएको छ ।
रौतहट जिल्लामा कार्यालयबाट किसानको लागि संचालन भएको कार्यक्रम अनुगमन गर्नको लागि स्थलगत गएका संचारकर्मीहरुको टोलीले कार्यालयले उपलव्ध गरेको विवरणको प्रतिकुल स्थलगतमा पाएको छ ।

आर्षिक मसान्तको समयमा कामै नगर्ने गरि रकम निकासा गराउने कार्य पहिला देखि कायम रहेको कृषि ज्ञान केन्द्रको यस पालीको योजना कार्यक्रमको अनुगमन गराउनु पर्ने दिइएको सुझाव प्रति कार्यालय प्रमुख चन्द्र भुषण झाले नेपाल पत्रकार महासंघका सभापति प्रेमचन्द्र झा तथा प्रदेश सदस्य शैलेन्द्र झा , जनकपुर टुडेका रौतहट प्रतिनिधि राकेश कुमार यादव सहित ५ सदसीय अनुगमन टोली पठाएको थियो ।

समय मै सिचाई गरि खेति गर्न सहयोग पुग्ने उदेश्यले ८५ प्रतिशत अनुदानमा कार्यालयले वार्षिक कार्यक्रम अन्तर्गत स्यालो ट्युबेल जडान कार्यक्रमको लागि २०७८ अषाढ ४ गतेमा सुचना प्रकाशित गरि १७० जना कृषक , कृषक समुह , कृषि सहकारी छनौट गरि वितरण गर्न गरुडा स्थित जैसवाल ट्रेडर्स र ग्रामिण विकास कृषि फर्म प्रा लि लाइ सम्झौता समेत गरेको छ ।
छनौट भएकामा कुनै कृषक एउटा घरपरिवारका आमा छोरा हुन् भने केहि काका भतिजो समेत परेको छ । पावर र पहुचको आधारमा छनौट गरिएकोले वास्तविक किसान सुविधाबाट बन्चित समेत भएको देखिएको छ ।

नेता , हाकिम , लेखापालले पनि सुविधा लिएको देखिएको छ भने लिएको स्यालो ट्युबेल अहिले सम्म जडान गरिएको पाइएको छैन । रौतहटका राजदेवी नगरपालिका ६ का किसान रुदल यादव इश्नाथ नगरपालिका ९ का अशोक तिवारी , गढीमाइ नगरपालिका ६ का राम नरेश यादव , विशाम्भर यादवले पाइप मात्र पाएको बताएका छन् ।
चन्द्रपुर नगरपालिका १० बल्चानपुरका किसान बलिराम साहले केहि जानकारी नभएको र मेरो नाउमा अरुले लिएको जानकारी भएको बताएका छन् ।

अषाढ २५ गते भित्रमा लिएको स्यालो ट्युबेल जडान गरि सक्नु पर्नेमा अधिकांश किसानले अहिले सम्म जडान गरेको छैन । कसैले पाइप जडान गरे पनि मोटर , पम्पी सेट विक्री गर्ने उदेश्यले घरमा राखेको बुझिएको छ । व्लु कलरको ४ इन्चको पाइप जडान गर्नु पर्ने स्टिमेट गरिएको भएपनि किसानलाइ कालो पिविसी पाइप दिएको जनाएको छ ।
स्यालो ट्युबेल वितरण गर्ने सम्झौता गरेका जैसवाल ट्रेडर्स गरुडाका संचालक विजय जैसवालले ९८ जनाले स्यालो ट्युबेल सेट लागि सकेको जनाएको छ । ग्रामिण विकास कृषि फर्मका संचालक नागेन्द्र प्रसाद यादवले ६३ जनाले सम्झौता अनुसारको सामग्री लागि सकेको दावी गरे पनि स्थलगत रुपमा सो अनुसारको पाइएको छैन ।

सप्लायर्सको अनुसार १७० जनामा १६१ जनाले स्यालो ट्युबेल सेट लागि सकेको छ । फलफुल तथा तरकारीको व्यवसायिक खेतिको लागि छनौट भएको गढीमाइ नगरपालिका ६ का यादव भैसी पालन कृषक समुहले विषय विपरित खेति गरिएको स्थलगत अनुगमनको क्रममा देखिएको छ ।
करिव ५ विघाको हाराहारीमा बेसार खेति गरेका सो समुहका तपेन्द्र यादवले आफुले बेसार खेतिको लागि अनुदान लिएको बताएका छन् ।
गढीमाइ ५ का बागमती पशु पक्षी तथा कृषि फर्मले बागमती नदिको बगर जमिनमा केराको खेति गरेको बताएका छन् ।

किसान जनकल्याण पशु विकास फर्म गढीमाइ ६ का महेन्द्र प्रसाद यादवले फलफुलको खेति गरेको बताएका छन् ।
२ लाख ५० हजार अनुदान लिएको यादवले यस पालि २५ वटा केराको न्या बोट रोपेको स्थलगतमा देखिएको छ । बागमती नदिको बगर जग्गामा विभिन्न किसिमको फलफुलको बोट चैत्र महिनामा रोपेको उनले बताए ।
खाद्यान्न तरकारी तथा नगदेबाली प्रवर्धन सहयोग कार्यक्रम अन्तर्गत तरकारी तथा फलफुल बजारीकरणमा सहयोग कार्यक्रमको लागि छनौट मा परेका गरुडा नगरपालिका ८ का सिताराम दलित कृषक समुहलाइ अहिले सम्म कार्यालयले सम्झौता समेत गरेको छैन ।

सुचनामा नाम समेश गरिए पनि कार्यक्रम दिइएको छैन समुहका संचालक भैरो महराले बताए ।
कार्यालय प्रमुख झा ले यस पालि अनुगमन गरेर प्रतिबेदनको आधारमा भुक्तानी दिने प्रतिवद्धता जनाएका छन् । विगत लामो समय देखि कार्यालयमा कार्यरत रहेका कर्मचारीको कारण प्रत्येक वर्ष वितरण मुखी कार्यमा अनियमितता हुने गरेको स्थानीय किसानको गुनासो रहेको छ । कार्यालयमा रहेका अशोक कुमार सिंहको कारण यस्तो बिकृति मौलाएकोले कार्यवाही गर्नु पर्ने स्थानीयहरुको माग रहेको छ ।

कार्यालयले कार्य हुनु भन्दा पहिला नै अषाढ २१ गते श्याम सुन्दर राय यादव माधव नारायण दर्ता नम्बर ११०१ लाइ मोडेल खेति , एभरेस्ट कृषि फर्म फतुवा विजयपुर् नगरपालिका दर्ता नम्बर ११०४ र आर पी कृषि तथा फशु फर्म चन्द्रपुर दर्ता नम्बर १०६६ लाइ भुक्तानीको प्रक्रिया मा पेश गरि सकेको हुदा आर्थिक अनियमितताको आशंका उब्जिएको छ ।

प्रदेश सरकारका सम्वन्धित मन्त्रालयले यस प्रति चासो नदेखाउदा वर्षेनी बजेट दुरुपयोग हुने गरेको हो । चालु आर्थिक वर्षको स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत रौतहटमा संचालन भएको योजना ,कार्यक्रम वितरण गरिएको कृषि उपकरणको प्राविधिक सहितको स्थलगत अनुगमन गरि भुक्तानी दिने प्रक्रिया अवलम्बन गर्न प्रदेश सरकारका कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्रि सित स्थानीयले माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved