बिराटनगर । लामो समय देखी ब्याण्ड भर्सेज ब्राण्ड को अबधारणा ल्याउनु भएको प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले तामाको भाँडामा जडिबुट्टी हालेर बनाएको कोदोको रक्सी विदेश निकास गरेरै छाड्ने बताउनु भएको छ ।
प्रदेश १ प्रदेशसभामा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री राईले तामाकै भाँडामा जडिबुटीसहित कोदोबाट बनेको रक्सी विदेश निर्यात गरेर मुलुकलाई धनी बनाउने कुरा ब्यक्त गर्नु भएको हो ।
नेपालको मौलिकता र राष्ट्रियता बोकेको रक्सी उत्पादन गर्ने बताउँदै मन्त्री राईले भन्नुभयो ‘रक्सी, रक्सी मात्र होइन, जब अन्तर्राष्ट्रिय रूपमा हामीले बेच्ने कुरा गर्दै छौँ भने यसले राष्ट्रियताको सवाल राख्छ । राष्ट्रियता बोकेको नेपालको रक्सी कस्तो हुन्छ ? त्यो उत्पादन गर्न हामी गइरहेका छौँ ।’
स्वदेशी रक्सीको प्रवर्द्धनका लागि सम्भाब्यता अध्ययनको काम भइरहेकोले बिश्वका मानिसहरुले रक्सीको प्रयोग उल्लेख्य मात्रामा गर्ने भएकाले नेपालमा उत्पादीत कोदोको रक्सी विदेश निकास गरिने र आम नागरिकको जनजिबिकाका सवालमा उक्त उत्पादनले महत्वपूर्ण भुमिका निर्बाह गर्ने मन्त्री राईको भनाई रहेको छ ।
भिआइपीहरूले गर्ने डिनरमा पहिला स्वागत स्वरुप रक्सीको प्रयोग हुने भएको भन्दै राष्ट्रिय बिशिष्ट ब्यक्तीहरुले अन्तराष्ट्रिय डिनरहरूको उद्घाटन गर्नुहुन्छ, सजिएको ठाउँमा, उज्यालो ठाउँमा सबैभन्दा पहिला रक्सी नखोली त्यहाँ स्न्याक्स सुरु हुँदैन,’ त्यसैले ‘हामीले पनि अब नेपालको राष्ट्रियता बोकेको रक्सी उत्पादन गर्नेछौँ मिसावटरहित र अन्तराष्ट्रिय बजारहरुमा पुर्याएरै छाड्छौ ।’
हाम्रो आफ्नै प्रविधि, संस्कृति, आफ्नो विद्या र कलालाई अब हामी वैज्ञानीकरण गर्न गइरहेका छौँ, त्यसलाई हामी अब तामाकै भाडामा बनाएर, जडिबुटिसहित कोदोबाट बनेको रक्सी, कोदोलाई फलेर सफा गरेर बनाएर त्यसलाई आफ्नो प्रविधि कला मिसाएर ब्रान्डिङ गर्छौँ ।
