मेवालाल यादव – रौतहट ,
प्रदेश २ सरकारका प्रदेश सांसद तथा रौतहट जिल्लाको चर्चित बिधायक रामकिसोर राय यादवले गृह जिल्ला रौतहटमा आज बुधवार पनि छात्राहरुलाई साइकल वितरण गरेका छन् । जनता समाजवादी पार्टीका उपेन्द्र यादव समुहका प्रभावशाली नेता समेत रहेका प्रदेश सांसद यादवले “ प्रदेश २ सरकारको मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ” कार्यक्रम अन्तर्गत छात्राहरूलाई साइकल प्रदान गरे ।
कोरोना भाइरसलाई मध्य नजर गर्दै भाइरसबाट बच्नका लागि अपनाउनुपर्ने सम्पुर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुका साथै सामाजिक दुरी समेत कायम राख्दै प्रदेश सांसद यादवले अलग अलग कार्यक्रमकाबीच रौतहटको विद्यालयमा कक्षा ९ मा अध्ययनरत सयौं छात्राहरुलाई साइकल वितरण गरेका हुन । परोहा नगरपालिकाको श्री ब्रह्मम ज्योति उच्च माध्यमिक विद्यालय लौकाहाको बिभिन्न आधारभुत विद्यालयको अध्ययनरत छात्राहरुलाई साइकल प्रदान गरेका छन्।
प्रदेश सांसद तथा बिधायक रामकिसोर यादवले बाल्य अवस्थामा आफै एसएलसीसम्मको अध्ययन पुरा गरेकोश्री ब्रह्मम ज्योति उच्च माध्यमिक विद्यालयमा साइकल वितरण गरेका छन् । विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा साइकल वितरण गर्दै प्रदेश सांसद तथा बिधायक रामकिसोर यादवले यस कार्यक्रमले टाढा टाढा बाट विद्यालय आउने छात्राहरुलाई सहज हुने विश्वास व्यक्त गरे ।
प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत शिक्षा विमा, महिला मैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरूलाई अघि बढाएर महिला सशक्तिकरणमा प्रदेशलाई अग्रपङ्तिमा राख्ने सोच लिएको बताए । विद्यालयमा छात्राहरुलाई पढाईप्रति आकर्षित गर्ने उद्देश्यले प्रदेश सरकारले बेटी बचाउ बेटी पढाउ कार्यक्रम ल्याएको उनले बताए।
महिला शिक्षा विना प्रदेश समृद्ध हुन नसक्ने यथार्थलाई बुझेर प्रदेश सरकारले एक पछि अर्को कार्यक्रम ल्याउन लागेको रामकिसोर राय यादव बताउछन् । प्रदेश सरकारले छोरीहरूलाई शिक्षित बनाउने मात्र नभई सरकारी सेवामा समेत ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको समेत उनले बताए। सो कार्यक्रममा प्रदेश सांसद तथा बिधायक रामकिसोर यादव,रौतहट जिल्लाको उपसभापती राम आशिष यादव ,परोहा नगरपालिकाको नगर प्रमुख शेख वकिल लगायत बिभिन्न कार्यकार्ताको उपस्थिति रहेको थियो।
