नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्बाङको उपस्थितिमा अति बिलम्ब गर्ने निर्माण ब्यवसायी, जिम्मेवार उच्चपदस्थ कर्मचारीहरु, पीडित स्थानीयहरु र बिनाकारण दोष खानुपर्ने राजनीतिक नेतृत्व एकसाथ बसेर आज फोक्सिङटारको पुल निर्माणमा भएको बिलम्ब र धोकाबाजी बारे छलफल गरेका छन्। उक्त बैठकमा रामकुमार राइ, अर्जुन राइ लगायत सर्वदलीय- सर्वपक्षीय खोटाङेहरुको सहभागित भएको सचेतक भट्टराईले जानकारी दिए। मन्त्रालयका सचिव, सडक बिभागका महनिर्देशक, पुल महाशाखा प्रमुख लगायतका कर्मचारीहरु र निर्माण कम्पनी गौरी पार्वती वाइ पि जेभीका रामकुमार थापाको समेत उपस्थिति रहेको सचेतक भट्टराईले जानकरी दिए । सचेतक भट्टराईले सामाजिक संजालमा लेखेका छन्,
फोक्सिङटारको पुल अबिलम्ब बनाउ…
अति बिलम्ब गर्ने निर्माण ब्यवसायी, जिम्मेवार उच्चपदस्थ कर्मचारीहरु, पीडित स्थानीयहरु र बिनाकारण दोष खानुपर्ने राजनीतिक नेतृत्व एकसाथ बसेर आज फोक्सिङटारको पुल निर्माणमा भएको बिलम्ब र धोकाबाजी बारे छलफल गरियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मा. वसन्त नेम्बाङज्युको कार्यकक्षमा उहाँकै उपस्थितिमा बसेको बैठकमा मा. रामकुमार राइ, मा. अर्जुन राइ लगायत सर्वदलीय- सर्वपक्षीय खोटाङेहरुको सहभागिता थियो भने मन्त्रालयका सचिव, सडक बिभागका महनिर्देशक, पुल महाशाखा प्रमुख लगायतका कर्मचारीहरु र निर्माण कम्पनी गौरी पार्वती वाइ पि जेभीका रामकुमार थापाको उपस्थिति रहेको थियो ।
लामो छलफल पश्चात् पौषसम्ममा आर्च ढलानको काम गर्ने सहितको कार्ययोजना निर्माण गरियो, आज निर्धारित समय तालिका अनुसार काम नभएमा ठेक्का रद्ध गर्ने मन्त्रीज्युको कडा निर्देशन साथ बैठक समापन भयो ।
२२ असार, २०७८
काठमाडौं