कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. ३ ठूलो सिसहानीया बस्ने वर्ष ३२ का गणेश पासीको नालामा खसेर मृत्यु भएको छ ।
कटयाभारी र ठूलो सिसहनियाको सिमानामा रहेको नालाको छेउमा सोमबार दिउँसो शौच गर्ने क्रममा माटोमा चिप्लिएर खस्दा उनको मृत्यु भएको हो ।
घटनास्थलनजिकै बिउबिजन गर्दै गरेका एक स्थानीयले देखेलगत्तै नालाबाट निकालेर अस्पताल लग्ने क्रममा पासीको मुत्यु भएको थियो ।
