Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ख्रीष्टियन सञ्चारकर्मीहरुले पादरी गंगाप्रसाद प्रधानको १७० औं जन्मजयन्ती मनाए

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 5, 2021
171 shares

निरोज तोलाङे, काठमाण्डौँ । नेपाली समाजका बहुआयामिक र बहुप्रतिभावान इतिहासका धरोहर पादरी गंगाप्रसाद प्रधानको १७० औं जन्मजयन्ती हिजो नेपाल, भारत लगायत अन्य देशमा विविध कार्यक्रमको आयोजना गरी मनाइँएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष भौतिक दूरी कायम गरेर उपत्यकाका विभिन्न सञ्चारक्षेत्रमा कार्यरत ख्रीष्टियन सञ्चारकर्मीले आइतबार उहाँँको सम्झनामा भेटघाट तथा छलफलको आयोजना गरेको थियो ।

छलफलमा तुरही अनलाइनका सम्पादक कुमारसिहं विष्टले बर्सेनि पादरी प्रधानको भूमिका र योगदानलाई पुनःपठन, वाचन र पुनरुक्ति मात्र नगरी पुनःसृजन गरेर लागिपर्नु चाहिँ विषय विज्ञजनको बुद्धिमानी भएको बताए ।

Pics by: Rajesh Karki / Bachan Magazine

महान् व्यक्तिको गुणगान मात्र नगरी गुणग्रहण गर्नु दूरगामी महत्वको विषय भएको बचन पत्रिकाका प्रकाशक तथा सम्पादक विश्वास थापाले बताउनुभयो । त्यसैगरी युवा दर्शन मासिक पत्रिकाका प्रकाशक तथा सम्पादक दिनेश श्रेष्ठले उहाँको योगदानलाई अब नेपाली समाजले अनुसरण गर्ने र सिर्जनात्मक रूपमा ग्रहण गर्ने हो भने अहिले देखापरेका भाषिक विवाद र समस्या समाधान गर्ने दृष्टिचेत प्राप्त गर्न सकिने भनाइ उनले राखेका थिए ।

छलफलमा उपस्थित सञ्चारकर्मीले बहुआयामिक क्षेत्रका साधक र आदर्शका संवाहक पादरी प्रधानले नेपाली भाषा, संस्कृति र साहित्यप्रतिको ऐतिहासिक योगदानको सामयिकता र सान्दर्भिकता अझै विद्यमान भएको धारणा व्यक्त गरेका थिए।

काठमाडौंस्थित ठमेलको ठहिंटी टोलमा ४ जुलाइ १८५१ अर्थात वि.स.१९०८ अषाढ २० गते बुबा रूपनारायण र माता राजमती प्रधानका कान्छो छोराका रुपमा जन्मीएका पादरी प्रदान सबैका प्यारा थिए, बहुमुखी क्षेत्रका अग्रेणी साधक पादरी प्रधान नेपाली इतिहासका ओजेल परेका सुन्दर फूल हुन् । उज्यालोमा ल्याइदैँ गरेका साधक सधैभरी अमर छन् । उनको जीवनले संगालेका थुप्रै मिठा अनुभवका अध्यायहरू आज पनि जिवित छन् ।

छलफलमा ख्रीष्टियन संचारकर्मीहरुले पेशागतरुपमा एकजुट भएर समुदायको आवाजको केन्द्र बन्नुपर्नेमा जोड दिएका थिए । छलफलले यहि आउँदो असार २७ गते ललितपुरमा ख्रीष्टियन सञ्चारकर्मीको भेला गर्ने र भेलाद्वारा नै आगामी कार्यदिशा र रणनीति बनाउने पत्रकार सुमित नेपालीले बताए ।

सधैभरीका लागि प्रेरणाका पात्र बनेका उनी पहिलो नेपाली पाष्टर, प्रचारक, शिक्षक, समाजसेवी, सम्पादक, प्रकाशक, अनुवादक, साहित्यकार र संगित प्रेमी समेत थिए । त्यसैको उपज उनी बहुआयामिक क्षेत्रका साधक र आदर्श हुन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved