Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सञ्चार विधेयक पुर्नलेखनको माग गर्दै पत्रकार महासंघ रुपन्देहीद्वारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 4, 2021
986

सुरेन्द्र पारीयार /२० असार, बुटवल ।

नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले लुम्बिनी प्रदेश सरकारले ल्याएको सञ्चार माध्यम सम्बन्धि विधेयक पुर्नलेखनको माग गर्दै मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र बुझाएको छ ।

आईतबार महासंघ रुपन्देहीका अधयक्ष रामराज पोख्रेलले लुम्बिनी प्रदेशका प्रमुख सचिव भरतमणि सुवेदीमार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन । मुख्यमन्त्री शंकर पोखरेल संघीय राजधानी काठमाडौं भएकाले प्रमुख सचिवलाई ज्ञापनपत्र बुझाइएको महासंघले जनाएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख सचिव सुवेदीले मुख्यमन्त्रीलाई प्राप्त ज्ञापनपत्र बुझाउने प्रतिबद्धता जनाए।सञ्चार विधेयकको प्रस्तावनादेखि नैं प्रेस स्वतन्त्रतालाई अकुंश लगाउने खालका प्रावधान राखेर नियन्त्रण गर्ने खोजेको भन्दै प्रदेशसभाबाट फिर्ता गरि पुर्नलेखन गर्न महासंघले माग गरेको छ । ‘संविधानले ग्यारेन्टी गरेको पूर्ण प्रेस स्वतन्त्रताको मर्म र भावनालाई समेत वेवास्ता गरि विधेयकमा सञ्चारमाध्यम प्रकाशन÷प्रसारणमा रोक लगाउने,आचार संहिता उल्लघनमा कारवाही गर्ने, सञ्चारकर्मीलाई रजिष्ट्रारले ६ महिनादेखि एक वर्षसम्म कैद सजाय तथा जरिवाना गर्न सक्ने प्रावधान राखिएको छ । जुन पत्रकारिताको मूल्य, मान्यता र संविधान विपरित छ’ महासंघले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियारले ज्ञापनपत्र वाचन गर्दै स्वतन्त्र पत्रकारितालाइ अकुंश लगाएर नियन्त्रण गर्ने गरि दर्ता गरिएको विधेयक तत्तकाल प्रदेशसभावाट फिर्ता गरेर पुर्नलेखनको वातावरण मिलाउन माग गरे । सरकार विधेयक पुर्नलेखन नगरि पारित गराउन खोजे आन्दोलनमा उत्रने महासंघले चेतावनी दिएको छ ।संविधानको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी प्रावधान र संविधानको प्रस्तावनालाई समेत भूलेर सञ्चारमाध्यम र सञ्चारकर्मीलाई दण्ड जरिवाना र कैद गर्नेसम्मको अधिकार दिएर प्रदेशमा प्रेस काउन्सिल जस्तै निकाय बनाउन खोजेको भन्दै नियामक निकायको अध्यक्ष मन्त्री बनाएर स्वतन्त्र र निष्पक्ष नियमन हुन नसक्ने महासंघको ठहर छ ।

‘काउन्सिलका रजिष्ट्रारलाई न्यायधिश बनाएर सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि दण्ड जरिवानाको डण्डा चलाउने प्रावधान संघीय लोकतान्त्रिक शासन व्यवस्थाको सरकारले कसरी ल्यायो, हामी नै आश्चर्यचकित छौं । आजको व्यवस्था ल्याउनका लागि संचार माध्यम र संचारकर्मीहरुले खेलेको भूमिका चटक्क विर्सिएर मिडियालाई अकुंश लगाउने प्रावधान सहितको विधेयक कुनै पनि हालतमा स्विकार्य छैन’ ज्ञापनमा भनिएको छ।

उक्त अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डे, महासंघ लुम्बिनी प्रदेश महासचिव विक्रम खड्का, पत्रकार महासंघका पदाधिकारी सदस्य तथा विभिन्न पत्रकार सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो । यसअघि पत्रकार महासंघले आन्तरीक मामिला तथा कानूनमन्त्रीलाई ध्यानआर्कषण गराउँदै ज्ञापनपत्र बुझाएको थियो । आईतबार लुम्बिनीका ११ वटा जिल्ला स्थित पत्रकार महासंघले प्रमुख जिल्ला अधिकारी मार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । sajhapatratv.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved