खोटाङको दिप्रुङचुईचुम्मा गाउँपालिकाले जेष्ट पत्रकारलाई प्रोत्साह भत्ता दिन सुरु गरेको छ । गाउँपालिकाले ५५ वर्ष उमेर नाघेका तथा नेपाल पत्रकार महासङ्घको सदस्यता लिएको २० वर्ष पुगेका पत्रकारलाई प्रोत्साहन भत्ता दिन सुरु गरेको हो । प्रोत्साहन भत्ताको उम्मेदवारले भने ५५ वर्ष उमेर पुरा गरेका ज्येष्ठ पत्रकार वा नेपाल पत्रकार महासङ्घको सदस्यता लिएको २० वर्ष पुरा गरेकाले मात्रै पाउने छन् ।
गाउँपालिकाले आर्थिक वर्ष आर्थिक वर्ष २०७७÷०७८ मा एक नीति नै बनाएर जेष्ट पत्रकारलाई भत्ता दिन सुरु गरेको हो । यो वर्षको पत्रकार प्रोत्साहन भत्ता बरिष्ठ पत्रकार कृष्ण आचार्यलाई प्रदान गरेको छ । आइतबार गाउँपालिकाले एक कार्यक्रम आयोजना गरि मासिक २ हजारको दरले एक वर्षको एकमुष्टमा २४ हजारको चेक दिप्रुरुङचुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई र उपाध्यक्ष सपना राईले पत्रकार आचार्यलाई दोसल्ला ओढाएर सम्मानपत्र सहित प्रोत्साहन भत्ताको चेक हस्तान्तरण गरेको छ ।
गाउँपालिकाले निर्धारण गरेको मापदण्ड अनुसार प्रोत्साहन भत्ता पाउने आचार्य जिल्लाकै एक्लो पत्रकार हुन् । पत्रकार महासङ्घको सदस्यता लिएर पत्रकारिता पेशासँगै अन्य पेशामा आवद्ध रहेका पत्रकारको हकमा भने यो व्यवस्था लागू नहुने गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।
