काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउँदै असार मसान्तसम्म थपिएको छ ।
उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओको संयुक्त बैठकले हाल कायम रहेको जोरबिजोर प्रणालीलाई खारेज गरेको छ ।
त्यस्तै यसअघि २५ सिट क्षमताका सवारीसाधन मात्र अनुमति दिइएकोमा त्यसलाई हटाइएको छ । अब माइक्रो, टेम्पोसमेत चल्न पाउनेछन् । यस्तै जोर बिजोर प्रणाली पनि हटाइएको छ।
कुल सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन। यस्तै, सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउनु पर्नेछ। मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिन उनले आग्रहसमेत गरेका छन्। यस्तै, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउनुपर्ने छ। यस्तै, सार्वजनिक सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनपर्ने छ।
माइक्रोको तेस्रो सिटमा चार-चार जनाका दरले ८ जना र चालक छेउमा एक जना गरी ९ जना यात्रुभन्दा धेरै बोक्न पाइने छैन।
उपत्यका भित्र संचालन हुने निजी सवारी साधनको हकमा स्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गरी संचालन गर्न पाइने छ।
यता, अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर छोटो, मध्यम तथा लामो दूरीका सार्वजनिक तथा निजी सवारी साधनहरु प्रवेश गर्न पाउने छन्।
सबै किसिमका परीक्षा २५ जना नबढ्ने गरी भौतिक रुपमा दिन पाइने छ। सवै किसिमका पसल ६ बजेसम्म खोल्न पाइनेछ तर, स्कुल, कलेज, ट्युसन सेन्टर लगायत भने बन्द नै हुनेछन् ।
हेर्नुस् विज्ञप्ति -के गर्न पाइन्छ ? के पाइदैन ?


