३६ हप्ताको गर्भवती रहेकी शेर्पामा केहिदिन अगाडी प्रसव पिडा सुरु भएको थियो । सुत्केरी हुनेक्रम नजिकिदै गरेको र गर्भवती महिलामा मानसिक समस्या समेत देखिएपछि परिवारले खिजिफलाटे कोभिड अस्पतालमा ल्याएको थियो । गाउँपालिका स्तरमा उपचारका लागी पर्याप्त स्रोत, साधन नहुँदा थप उपचारका लागि काठमाण्डौं पठाइएको खिजिदेम्बा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ईन्द्र गौतमले जानकारी दिए ।
सार्वजनिक सवारी नचलेको र गर्भवतीको अवस्था जटिल बन्दै गएकाले राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको समन्वयमा नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो । शनिवार उद्धार गरि काठमाण्डौं पठाईएकी गर्भवती महिलाको अहिले काठमाण्डौंको थापाथली प्रसुती गृहमा उपचार भैरहेको छ ।
