Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सरकारसँग ३२ लाख जनताको माग– बि एण्ड सीलाई सम्बन्धन देऊ, आफैं चलाऊ वा बन्द गर’- दुर्गा प्रसाईं

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 3, 2021
204 shares

काठमाडौं । झापामा रहेको बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिचर्स सेन्टरलाई सम्बन्धन दिन वा सरकार आफैँले चलाउन तथा बन्द गर्न मध्ये एक एउटा कार्य गर्न सरकारसँग माग गरिएको छ । आशय पत्र दिएर पनि सम्बन्धन दिने विषयमा विवाद उत्पन्न भएपछि अन्तिम विकल्पमा रुपमा मेची अञ्चलका ३२ लाख जनताको अनुुरोध भन्दै बिएण्डसीलाई सम्बन्धन दिन वा सरकार आफैँ चलाउन वा बन्द गर्न तीन विकल्प मध्ये एकवटा गर्न सरकारसँग माग गरिएको हो ।

काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गरेका बिएण्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बिएण्डसीलाई आशय पत्र दिइसकेको अवस्थामा सम्बन्धन दिन आनकानी गर्ने र विवाद झिकेर अल्झाउने कार्य भएकाले अब सम्बन्धन दिन वा सरकार आफैं चलाउन वा बन्द गर्न माग गरेका हुन् । चिकित्सा शिक्षा आयोगका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्रचार बुुझाएर बिएण्डसीलाई सम्बन्ध दिन, सरकार आफैँ चलाउन वा बन्द गर्न तीनवटा विकल्प दिएको कार्यकारी निर्देशक प्रसाईले जानकारी दिए ।

बि एण्ड सीलाई सम्बन्धनका लागि पटक पटक प्रयास भए पनि अवरोध सिर्जना भइरहेको भन्दै प्रसाईंले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण मापदण्ड पूरा गरेको, विश्वविद्यालयले सम्बन्धनको सहमति प्रदान गरी सिट संख्या निर्धारणको अनुरोध गरेको, सम्बन्धनको सिफारिस शुल्क समेत बुझाइसकेको अवस्थामा समेत विभिन्न बहानाबाजी गरी आलटाल गर्ने, झुक्याउने, धम्की दिने र काम पन्छाउने परिपाटी भइरहेको छ,’ प्रसाईंले पत्रकार सम्मेलनमा भने, ‘अनन्त समयसम्म यस्तो व्यवहार राज्यका तर्फबाट हुनु भनेको नागरिकमाथि घोर अन्याय हो।’

बि एण्ड सी मेडिकल कलेज मेची अञ्चलबासीको स्वास्थ्य सेवाको धरोहर रहेको भन्दै उनले प्रधानमन्त्री ओलीलाई पनि ३२ लाख मेची अञ्चलबासीकै नाममा पत्र पठाएको जानकारी दिए । तथाकथित अभियान्ताको समूहसहितले मेची अञ्चलबासीको धरोहर संस्था बिएण्डसीलाई ध्वस्त र तहस नहस पार्ने नियोजित उद्देश्यअनुसार कार्य भइरहेकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको प्रसाईंको भनाइ छ ।

‘प्रत्येक वर्ष नेपालमा एमबिबिएसमा नयाँ भर्नाको समय सुरू हुन्छ तथाकथित अभियन्ता समूहको धाकधम्की, आन्दोलन, अनसन सुरू हुन्छ, सबै अस्तव्यस्त हुन्छ र सम्पूर्ण विद्यार्थी विदेशिएपछि आन्दोलन वर्षात्, बाढीपहिरो, दसैं–तिहार आयो भनी बहाना देखाएर स्थगित हुन्छ,’ प्रसाईंले जारी गरेको विज्ञप्तिमा भनिएको छ । झापाका दक्षिण एसियाकै नमुना क्यान्सर अस्पताल बनाएर पूर्वी नेपालका जनतालाई स्वास्थ्य सेवा दिँदै आएका प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कारबाही गर्नसमेत प्रधानमन्त्रीसँग माग गरेका छन्।

‘सम्माननीय प्रधानमन्त्री तथा माननीय शिक्षा मन्त्रीलाई अनावश्यक आरोप र आक्षेप लगाई आफू बालुवाटारमा ६ घण्टासम्म बन्धक बनाइएको, जिउ ज्यान नै जोखिममा परेको, धाकधम्की दिएको, बल्ल तल्ल बाँचेर आएको भन्दै हिँड्ने उहाँ –गिरी)ले राष्ट्रिय चिकित्सा शिक्षा ऐन,२०७५ को कार्यान्वयनमा अवरोध खडा गर्ने कार्य निरन्तर गरिरहनुभएको छ,’ प्रसाईंले भनेका छन्, ‘उहाँलाई राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा २२ को ४ अनुसार स्पष्टीकरण सोधी कारबाही अगाडि बढाउन प्रधानमन्त्रीसमक्ष अनुरोध गर्दछु।’ चिकित्सा शिक्षा आयोगको बैठकबाट जेठ २८ गतेको बैठकले डा. प्रकाशराज पाण्डे संयोजक र सदस्यमा डा.भोजराज अधिकारी, प्राडा. रमेशप्रसाद आचार्य र सेमन्तराज कोइराला भएको निरीक्षण तथा अनुगमन टोली पठाए पनि उपाध्यक्ष गिरीले निरीक्षण तथा अनुगमन टोली पठाएर गरेको बिएण्डसीको अनुगमन र निरीक्षण हालसम्म पेश गरी सम्बन्धन अगाडि नबढाएको भन्दै प्रसाईंले आपत्ति जनाए । ‘चिकित्सा शिक्षा आयोगको मिति जेठ २८ मा भएको निर्णयको कार्यान्वयन नगर्ने नगराउने बदनियतले उपाध्यक्ष श्रीकृष्ण गिरीले तोकिएको समय सीमाभित्र प्रतिवेदन पेश नगर्ने नगराउने कार्य गरिरहनुभएको तथ्य स्पष्ट भएको छ,’ प्रसाईंले भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved