बिराटनगर । प्रदेश नं. १ लाई सडक मानवमुक्त बनाउने अभियान सञ्चालन गरिरहेको मानब सेवा आश्रम बिराटनगरको अभियानलाई सफल बनाउन प्रदेश नं. १ की माननीय सामाजिक विकास मन्त्री उषाकला राईले एक्येबद्धता जनाउनु भएको छ ।
मानव सेवा आश्रमको अनुगमन गर्ने क्रममा मन्त्री राईकोे नेतृत्वमा मन्त्रालयका सचिव श्री गोविन्द बहादुर कार्की, सामाजिक विकास महाशाखा प्रमुख श्री दुर्गा बराल लगायत मन्त्रालयको टिम द्वारा मानव सेवा आश्रमको बर्तमान अबस्था र सडक मानबहरुलाई गरेको ब्यबस्थापनको बिषयमा महत्पूर्ण भुमिका रहेको भन्दै सामाजिक विकास मन्त्रालयले उक्त कुराको एक्येबद्धता जनाउने बिश्वास ब्यक्त गर्नु भएको हो ।
सडकमा रहनुभएका वृद्ध आमाबुबा, सुस्तमनस्थितिका व्यक्तिहरु र बेसाहारा व्यक्तिहरुलाई आश्रय प्रदान गरिनुका साथै बेसाहाराको साहारा बनी गाँस,बास,कपास,शिक्षा,श्वास्थ्य जस्ता बिषयहरुमा मानव सेवा आश्रमले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै आश्रमको तीनओटै शाखा र नवनिर्मित भवनको निरिक्षण एबं सेफ हाउसको निरिक्षण गरि आश्रम मा रहनुभएका बेसाहारा व्यक्तीहरुसँग वहाँ हरुको कठिनाइ र पिर मार्का को विषयमा आश्रममा बसी रहनु भएकाहरु संग छलफल गर्नु भएको मन्त्री राईको सचिवालयले जनाएको छ ।
अनुगमन,निरिक्षण पश्चात प्रदेश १ लाई सडक मानव मुक्त बनाउने अभियान मा मानव सेवा आश्रमले खेलेको भुमिका अतुलनिय रहेको र यस अभियानमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र आफ्नो व्यक्तिगत तर्फ बाट हर संभव सहयोग गर्ने कुरा मन्त्री राईको बचनबद्धता रहेको मानव सेवा अश्रमले जनाएको छ ।
