जनता समाजवादी पार्टीका संघिय वरिषद अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा कोरोनाको संक्रमणदर २०-२५% रहनु र पूरा खोप लगाउनेको संख्या ३% भन्दा कम हुनु गम्भीर कुरा भएको बताएका छन्।
पुर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले पूरा खोप नलगाएकाहरू वैदेशिक रोजगारीबाट बन्चित हुनु घाउमाथि नूनचुक छर्कनु जस्तै भएको बताएका छन्। यस्तोमा सबैलाई छिटो खोप उपलब्ध गराउनु सरकारको मुख्य काम हैन ? भन्दै डा. भट्टराईले प्रश्न गरेका छन्।
“देशमा कोरोनाको संक्रमणदर२०-२५%रहनु र पूरा खोप लगाउनेको संख्या३%भन्दा कम हुनु गम्भीर कुरा हो।अनि पूरा खोप नलगाएकाहरू वैदेशिक रोजगारीबाट बन्चित हुनु घाउमाथि नूनचुक छर्कनु हो।यस्तोमा सबैलाई छिटो खोप उपलब्ध गराउनु सरकारको मुख्य काम हैन?”,डा. भट्टराईले भनेका छन्।
डा. भट्टराईले लेखेका छन्, “देशमा कोरोनाको संक्रमणदर२०-२५%रहनु र पूरा खोप लगाउनेको संख्या३%भन्दा कम हुनु गम्भीर कुरा हो।अनि पूरा खोप नलगाएकाहरू वैदेशिक रोजगारीबाट बन्चित हुनु घाउमाथि नूनचुक छर्कनु हो।यस्तोमा सबैलाई छिटो खोप उपलब्ध गराउनु सरकारको मुख्य काम हैन?पर्सिदेखि सबैलाई खोप’भनेर जग हॅसाउने हो?
संवैधानिक आयोगहरूमा असंवैधानिक नियुक्ति ओली सरकारको अर्को ठूलो अपराध हो। यो बिषय त्यति गम्भीरतापूर्वक सार्वजनिक रूपमा नउठ्नु वा नबुझ्नु ठूलो गल्ति भैरहेछ।मूल नै धमिलिए पछि तलतिर संग्लो खोजेर हुॅदैन! सम्बन्धित सबै गम्भीर बनौं!
राष्ट्रिय धान दिवस (असार १५)को उपलक्ष्यमा सबै किसान दिदीबहिनी दाज्यूभाइहरूमा हार्दिक शुभकामना! परम्परागत निर्वाहमुखी खेतीप्रणालीलाई आधुनिक र वैज्ञानिक प्रणालीमा रूपान्तरण गरौं!आफ्ना हरियालीयुक्त र उत्पादनशील खेतबारी बॅाझै छाडेर अन्यत्र भौंतारिने बढ्दो संस्कारवारे पुनर्विचार गरौं!
आवेगात्मक ढंगले हैन विवेकसंगत ढंगले सोचौ- देशमा दलितहरूको अवस्था कति तल छ? किन छ?कसरी यसको अन्त्य गर्ने? युगौंदेखिको विभेदपूर्ण वर्णाश्रम व्यवस्था र त्यसैको जगमा बनेको हाम्रो चेतना,संस्कार,अर्थतन्त्र,ऐनकानून र राज्यप्रणाली नबदलेसम्म यसको समाधान होला?जो होचो उसको मुखमा घोचो नगरौं!”
