सितारमा शाह, राैताहट।ईलाका प्रहरी कार्यालय गरुडा रौतहटमा नया प्रहरी प्रमुख विहिबार हाजिर हुनु भएको छ । केही दिन अगाडी ईलाका प्रहरी कार्यालय गरुडामा प्रमुखको कार्यभार सम्हाल्दै आउनु भएका रवि रावल प्रहरी हेड क्वाटर काठमाडौ सरुवा हुनु भएपछि द्धारिका प्रसाद घिमिरेले सम्हाल्नु भएको गरुडामा विहिबार पुन श्रीराम भण्डारीले आफ्नो कार्यभार सम्हाल्नु भएको छ । द्धारिका प्रसाद घिमिरेको स्वास्थ्यमा समस्या आएपछि उपचारको क्रममा रहनु भएको घिमिरेको स्थानमा श्रीराम भण्डारी विहिबार आउनु भएको हो । ईलाका प्रहरी कार्यालय गरुडाले भण्डारीलाई सम्मानका साथ स्वागत गरिएको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग प्रशासन शाखाको असार १३ गतेको पत्र आदेशानुसार इलाका प्रहरी कार्यालय गरुडामा काज खटिई आउनु भएका प्रहरी नायव उपरिक्षक भण्डारीले तालुक कार्यालयबाट रमाना लिई हाजिर हुनु भएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
- September 29, 2026
