Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जात नमिलेको भन्दै पूर्वप्रधानमन्त्री भट्टराई र हिसिला यामीका बिचमा डिभोर्स,बाबुराम भट्टराई अन्तै बस्दै आएको खुलासा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 2, 2021
648 shares

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यामीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ । हिसिला यमीद्वारा लिखित पुस्तक हिसिलामा उनले आफूहरुको ‘सम्बन्धविच्छेद’ भएको खुलासा गरेकी हुन् ।

उनले आफ्नो पुस्तकमा बाबुराम र हिसिलाको सम्बन्धबारे धेरै कुराहरुको अफवाह फैलाएको भन्दै रोचक कुरा उल्लेख गरेकी छिन् । २०६८ सालअघि बाबुराम र उनी छुट्टा छुट्टै बस्ने गरेका थिए । जातको विषयलाइ लिएर त्यतिबेला हामीबिच डिभोर्स गर्नुपर्ने बाध्यात्मक अबस्था आएको पनि किताबमा बताएका छन । त्यही विषयलाई लिएर पार्टी भित्र र बाहिर एउटा बहस भयो, त्यो थियो सम्बन्धविच्छेदको ।

उनीहरु कामविशेषले अधिकांश समय छुट्टाछुट्टै बस्दै आएका थिए । बाबुरामको प्रधानमन्त्रीत्वकालमा बालुवाटार बस्न थालेपछि बाबुराम–हिसिला सम्बन्धबारे अनेकौं अफवाह फैलाइएको उनी बताउँछिन् ।

कतिसम्म भने ‘बाबुरामलाई बिगार्ने हिसिला नै हो’ भन्नेसम्म आरोप केही पत्रकारले लगाएको कुराले उनलाई अहिलेसम्म पनि निकै बिझाएको छ । अर्का पत्रकारले ‘बाबुरामलाई देवता तथा हिसिलालाई राक्षस’को चित्रण गर्दै लेखेको घटना उल्लेख गरेकी छिन् ।

यद्यपि कतिपय नितान्त व्यक्तिगत कुरा उल्लेख गरेकी छैनन् । यसबारे उनको स्वीकारोक्ति छ, ‘मसँग जोडिएका घटनाले बृहत् राजनीतिक अर्थ दिन्छ भने मात्र त्यस्ता कुरा लेख्छु ।’विदेशी मिडियामा समेत बाबुराम–हिसिला सम्बन्धबारे हल्ला चलाइँदा भने चित्त निकै दुखेको कुरा उनी सुनाउँछिन् । यस्तो हल्ला चल्दा बारम्बार आफ्नी आमालाई सम्झिने गरेको उनी उल्लेख गर्छिन् ।

२००८ सालमा हिसिलाका पिता धर्मरत्न यमी तुलाधर उपमन्त्री बनेका थिए । राजनीतिले व्यस्त हुँदा आमा र बुबाको भेट विरलै हुन्थ्यो । त्यस्तो बेला आफन्तले बुबा र आमाको सम्बन्ध टुटाउन खोजेको उनी बताउँछिन् ।‘तिमी नपढेकी, रूप पनि काली भएकी केटी मन्त्रीको श्रीमती हुन सुहाउँछ भन्दै आफन्तले आमालाई निरुत्साहित बनाए’ भावुक हुँदै हिसिला सुनाउँछिन्, ‘बुबा जब मन्त्री पदबाट हट्नुभयो तब आमा निकै खुशी हुनुभएको थियो ।’

जीवनको उत्तरार्धमा आइपुग्दा सह–अस्तित्वको लागि सबै कुरा त्याग्न तयार भएको हिसिला बताउँछिन् । बाबुराम र आफ्नो अस्तित्व फरक–फरक भए पनि पति बाबुरामबाट धेरै राजनीतिक चेतना ग्रहण गर्न पाएको कुरा उनी गौरवसाथ बताउँछिन् । तर बाबुरामको छायाँमा मात्रै आफूलाई राखेर हेर्न नमिल्ने कुरामा उनी अडिग छिन् ।‘म पनि इन्जिनियर हुँ, म पनि नेता हुँ, म तिमीभन्दा कम हो भनेर गएको भए हाम्रो जीवन पनि प्रचण्ड–बाबुरामको सम्बन्ध जस्तै हुन्थ्यो’ हिसिला भन्छिन्, ‘तर हामीले एकअर्काको अस्तित्व स्वीकार गरेर बाँच्न चाह्यौं ।’

पति बाबुराम अहिले विषम राजनीतिक परिस्थितिको शिकार बन्न पुगेको उनको ठहर छ । यसैले व्यक्तिगत जीवनमा मात्र होइन राजनीतिमा अप्ठेरो परेको हुनाले पतिको सहयात्री बनेर साथ दिने कुरा उनले बारम्बार दोहोर्याउँदै आएकी छिन् ।

namlokhabar.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved