Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राष्ट्रियसभामा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 1, 2021
240 shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभामा सम्बोधन गर्ने भएकी छिन् । आइतबार वा सोमबारतिर राष्ट्रपतिले सम्बोधन गर्ने गरी तयारी भइरहेको राष्ट्रिय सभा सचिवालयले जनाएको छ ।

संविधानको धारा ९५ अनुसार राष्ट्रपति भण्डारीले राष्ट्रिय सभालाई सम्बोधन गर्न लागेकी हुन् । बिहीबार हिउँदे अधिवेशन शुरु हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति भण्डारीले सम्बोधन गर्नेबारे जानकारी गराएका हुन् । राष्ट्रपति भण्डारीले राष्ट्रिय सभामा सम्बोधन गर्ने चासो व्यक्त गरेको र त्यसको तयारी थालिइसकिएको अध्यक्ष तिमिल्सिनाले बताएका थिए ।

राष्ट्रिय सभाको आठौं अधिवेशन संघीय संसद् भवन बानेश्वरमा बिहीबारबाट शुरु हुँदैछ । प्रतिनिधिसभा दोस्रो पटक विघटन भएको अवस्थामा माथिल्लो सदनको बैठक शुरु हुन लागेको हो । बिहीबारको बैठक अपरान्ह ४ बजेदेखि शुरु हुने कार्यसूची रहेको छ । प्रतिनिधिसभा विघटन भएको अवस्थामा सांसदहरूले राष्ट्रिय सभामा मुलुकमा विविध समस्याका विषय उठाउने तयारी गरेका छन् । सातौं अधिवेशन गत पुस २६ मा अन्त्य भएको थियो ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रिय सभाको सातौं अधिवेशनको बैठक बसेको थियो । दोस्रो पटक गत वैशाख ७ गते राति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा फेरि विघटन गरेको मुद्दा अहिले सर्वोच्च अदालतमा सुनुवाइका क्रममा छ । एउटा बैठक अन्त्य भएको ६ महिनामा अर्को बोलाउनु पर्ने संवैधानिक प्रावधानअनुसार राष्ट्रिपति भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रिय सभा सचिवालयका अनुसार बैठकमा यसअघि सरकारले जारी गरेका १२ वटा अध्यादेश प्रस्तुत गरिनेछ ।

त्यस्तै उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णु पौडेलले बाढी पहिरोले देशका विभिन्न भागमा पुर्‍याएका क्षति र राहत तथा उद्धारकार्यका बारेमा जानकारी गराउने राष्ट्रिय सभा सचिवालयले जनाएको छ । नेपालको इतिहासमा राष्ट्रपतिबाट राष्ट्रिय सभाको मात्रै बैठकलाई सम्बोधन गर्न लागेको यो पहिलो पटक हो । यसअघि राष्ट्रपतिले प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुबै संयुक्त बैठकलाई सम्बोधन गर्ने परम्परा थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved